संक्रमित हुनु पाप होइन, घृणा गर्न पाइँदैन

विश्व समुदाय यतिवेला कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट गुज्रिरहेको छ र बच्नका लागि संघर्ष गरिरहेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ । यसबाट हजारौँ नागरिकको ज्यान गएको छ भने लाखौँमा संक्रमण फैलिएको छ । त्यत्तिकै संख्यामा उपचारपछि निको पनि भएका छन् । इबोला भाइरसको औषधि पत्ता लगाएपछि एकाएक संसारभर छाएका जिवाणु वैज्ञानिक डा. सुदीप खड्का अमेरिकाको जर्जिया राज्यको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत छन् । उनी संलग्न १२ जना वैज्ञानिक टोलीले २ वर्षअघि इबोला भाइरसको औषधि पत्ता लगाएको सोधपत्र प्रतिष्ठित एण्टी भाइरल जर्नलमा प्रकाशित भएको …