शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

इरानमाथि सानदार जित निकाल्दै नेपाल फाइनलमा

इरानमाथि सानदार जित निकाल्दै नेपाल फाइनलमा

नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरिन्।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७५, बुधबार

पोखरा, १ फागुन – भारतमा जारी  हिरो गोल्डकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले इरानलाई ३-० ले हराउँदै फाइनलमा प्रवेश गरेको छ। नेपालको जितमा सावित्रा भण्डारीले २ र अनिता बस्नेतले १ गोल गरिन्। लगातार दोस्रो जितसँगै  नेपाली महिला राष्ट्रिय फुटबल टोली प्रतियोगिताको फाइनलमा पुगेको छ। यो जितसँगै नेपालले ३ खेलबाट २ जित र १ हारसँगै ६ अंक जोड्दै फाइनलमा पुगेको हो। इरानले समूहका तीनै खेलमा पराजय बेहोर्दै कुनै अंक जोड्न सकेन। यस्तै आजै भएको दोस्रो खेलमा म्यानमारले भारतलाई २-० ले हराउँदै प्रतियोगितामा शतप्रतिशत जित निकाल्दै फाइनलमा पुगेको हो।
आज भएको पहिलो खेलमा नेपालका लागि अनिता बस्नेतले खेलको ४१ औं मिनेटमा गोल गर्दै सुरूवाती अग्रता दिलाएकी थिइन्। पहिलो हाफमा १-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्‍यो। खेलको ५९ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। खेल सकिन केही मिनेट बाँकी हुँदा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको सहज जित पक्का गरिन्। यो जितसँगै नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको थियो। आजै भएको अर्को खेलमा पनि नेपाल अनुकुल नतिजा आएपछि नेपाली महिला राष्ट्रिय टोली उपाधि नजिक पुगेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->