आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

केन्द्र सरकारले नमानेपछि प्रदेश सरकारले नै गर्यो ७७औं जिल्ला नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्ने निर्णय

केन्द्र सरकारले नमानेपछि प्रदेश सरकारले नै गर्यो ७७औं जिल्ला नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्ने निर्णय

स्याङ्जाको मालुंगा र तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला खोल्ने।


  • Dhorpatan News
  • फाल्गुन ८ २०७५, बुधबार

पोखरा, ८ फागुन – गण्डकी प्रदेश सरकारको बुधबारको बैठकले नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय खोल्नेलगायत निर्णय गरेको छ।सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार,
-पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ करोड ९६ लाख रुपैया स्थानान्तरण गर्ने लगायत निर्णय मन्त्रिपरिषदले गरेको छ।
–नवलपुरमा घरेलु तथा साना उद्योग कार्यालय स्थापना गर्ने। आर्थिक भार नपर्ने गरी कर्मचारी व्यवस्था गर्ने। २०७५ असोज ३ गतेको मन्त्रिपरिषद बैठकबाट नवलपुरमा उक्त कार्यालय खोल्न संघ सरकारसँग कर्मचारी मागसहित गरिएको पठाएको अनुरोध सुनुवाइ नभएपछि प्रदेश आफैंले कार्यालय खोल्ने निर्णय भएको हो।
–स्याङ्जाको मालुंगा र तनहुँको आँबुखैरेनीमा विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला खोल्ने। प्रदेशमा भित्रने तरकारी, फलफूल र पशुपन्छी जाँच गरेरमात्रै प्रवेश दिने। मानव स्वास्थ्य प्रतिकूल विषादीको मात्रा भेटिए प्रदेशमा प्रवेश नदिने।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->