बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शेयर बजार ४० महिनाअघिको स्थितिमा

शेयर बजार ४० महिनाअघिको स्थितिमा


  • Dhorpatan News
  • फाल्गुन २० २०७५, सोमबार

पोखरा, २० फागुन – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४० महिना अघिको बिन्दुमा पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से ४ दशमलव ९५ बिन्दुले घटेर १ हजार १ सय दशमलव ५८ बिन्दुमा झरेसँगै ४० महिना अगाडिको स्थितिमा पुगेको हो । नेप्से परिसूचक २०७२ मंसिर १७ गते बिहीबार १ हजार ७२ दशमलव ९४ बिन्दूमा पुगेर बन्द भएको थियोे । त्यसपछि मंसिर २० गते आइतबार खुलेको बजार वृद्धि १ हजार १ सय २ दशमलव ८४ को बिन्दुमा पुगेको थियो । तत्पश्चात निरन्तर वृद्धि भएको नेप्से परिसूचक हालसम्मकै उच्च १ हजार ८ सय ८१ को बिन्दुमा पुगेर ओरालो लागेको थियो ।
निरन्तर ओरालो लागेको शेयर बजारमा वर्तमान सरकार गठन भएपछि रोकिने संकेत देखाए पनि त्यसो हुन सकेन । दुई तिहाई बहुमतको सरकार गठन भएपछि अर्थतन्त्रमाा सुधार हुने र त्यसको प्रभाव लगानीकर्तामा पर्ने आशा गरिए पनि पुँजी बजारप्रति सरकारको स्पष्ट धारणा नआउने तथा सरकारी स्तरबाट लगानीकर्तालाई हतोत्साही हुने खालका अभिव्यक्ति आएका कारण लगानीकर्ता ढुक्क हुन सक्दा पुँजी बजार आरालो लागेको सरोकारवालाहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->