बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गल्कोट समाज जापानद्वारा स्व.सबिन क्षेत्रीको परिवारलाई ३० लाख सहयोग

गल्कोट समाज जापानद्वारा स्व.सबिन क्षेत्रीको परिवारलाई ३० लाख सहयोग


  • वेलु थापा
  • फाल्गुन २० २०७५, सोमबार

जापान, २० फागुन – उपचारको क्रममा जापानको साईतामामा फेब्रुअरी ६ तारिक निधन भएका गल्कोट नगरपालिका ३ बोहोराफाँटका सबिन क्षेत्री९बोहोरा० को परिवारलाई आर्थिक सहयोग गरिएको छ । गल्कोट नगरपालिका ३ बोहोराफाटका स्वर्गीय सविन बोहोराको परिवारलाई सामाजिक संस्था गल्कोट समाज जापान र बोहोराफाट समाज जापानको सकृयतामा संकलित रकम २९ लाख ८८ हजार ९ सय ९८ हस्तान्तरण गरिएको हो। सो रकम मध्ये १३ लाख १८ हजार ६५० उपचार र दाह संस्कारमा खर्च भएको बोहोराफाट समाजका सल्लाहकार रामु बोहोराले जानकारी दिए । बाँकी सहयोग रकम नाबालिका छोरीको शिक्षादिक्षा र पालन पोषणमा खर्चका लागी स्व. सबिनका बुबा बल बहादुर बोहोरा, श्रीमती मन्जु बोहोरा र छोरी आयुसीका नाममा संयुक्त बैङ्क खाता खोली जम्मा गर्ने निर्णय गरेको छ । गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्री, गल्कोट समाज टोकियोका सचिव दुर्गा ब. खत्री , गल्कोट समाज टोकियोका कोषाध्यक्ष राजु बस्नेत ,गल्कोट समाज टोकियो का सदस्य दिनेश थापा, बोहोराफाट समाजका सचिव पवन बोहोरा ,सल्लाकार राम बोहोरा , बोहोराफाट समाज जापानको सदस्य नारायण बोहोरा, प्रकाश बोहोरा र उपाध्यक्ष बिनोद बोहोराले सो रकम संयुक्त रुपमा स्वर्गिय बोहोराको परिवारलाई हस्तान्तरण गरे ।
रकम हस्तान्तरण कार्यक्रममा समाजका अध्यक्ष खत्रीले समाजमा हुने हरेक कृयाकलाप र मानवीय सेवाका क्षेत्रमा सकृय रुपमा सहभागिता जनाउनु प्रशंसनीय कार्य भएको बताए । स्वर्गीय बोहोराको अल्पआयुमै मृत्युको खबर आउनु घरपरिवारलाई मात्र नभई सिङगो गाउसमाज नै शोकमा डुबेको बताउदै शोकको घडीलाई शक्तिमा बदल्न बोहोराफाट समाजले गरेको समन्वय सराहनीय रहेको अध्यक्ष खत्रीको भनाई थियो ।
आपत विपतमा थौरै भएपनि राहत होस भन्ने उदेश्यले परिवारमा आर्थिक बोझ कम गर्व र नाबालिका छोरीको उज्जवल भविष्यको कामना गर्दै जापानमा रहेका आफन्त र शुभेच्छुकहरुले उक्त रकम सहयोग गरेको बोहोराफाट समाजका सचिव पवन बोहोराले जानकारी दिए । राहत रकम ग्रहण गर्दै परिवारले सहयोगी संस्था गल्कोट समाज जापान र सहयोगदाता सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
स्वर्गिय बोहोराको श्रीमती र १ छोरी रहेका छन । समाजले बोहोराको निधनको खबर प्राप्त गरेपछि जापानमा आर्थिक संकलन अभियानलाई तिव्र पारिएको र बोहोराफाँट समाजले निकै समन्वयकारी भुमिका खेलेको गल्कोट समाज कान्तोका कोषाध्य़क्ष राजु बस्नेतले बताए । छोटो समयमै झण्डै ३० लाख जापानी येन सङ्कलन गर्नका लागि अभियानमा अनवरत रुपमा लाग्नु भएका सम्पुर्ण पदाधिकारी र सहयोगी मनहरु प्रति गल्कोट समाजको तर्फबाट समाजका महासचिव कृष्ण केसीले धन्यवाद व्यक्त गरे । राहत रकम हस्तान्तरण कार्यक्रम समाजको कान्तो कार्यसमिति सचिव दुर्गा खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->