बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरीका चारै जिल्लामा विधुतसेवा बन्द

धौलागिरीका चारै जिल्लामा विधुतसेवा बन्द


  • Dhorpatan News
  • चैत्र २ २०७५, शनिबार

बागलुङ, २ चैत – धौलागिरी अंचलका चार जिल्लामा आज विहानैदेखि विधुत सेवा वन्द भएको छ । भोली साँझ ६ बजेसम्म विद्युत् सेवा बन्द रहने नेपाल विधुत प्राधिकरणले जानकारी गराएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युत् प्रसारण लाइनको क्षमता वृद्धिका लागि चार जिल्लामा विद्युत् सेवा ठप्प भएको हो । चैत २ र ३ गते गरी दुई दिनसम्म पूर्णरूपमा विद्युत् लाइन काटेर नयाँ ट्रान्सफर्मर परिवर्तन गर्न थालिएको हो । नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रले शनिबार बिहान ७ बजेदेखि चैत ३ गते साँझ ६ बजेसम्म विद्युत् सेवा बन्द रहने जानकारी गराएको छ ।
नेपाल विद्युत् प्राधिकरण मोदीखोला जलविद्युत् केन्द्रको स्वीचयार्डमा हाल जडानमा रहेको १५ एमभिए क्षमताको ट्रान्सफर्मरको स्थानमा ३० एमभिए क्षमता भएको ट्रान्सफर राख्न लागिएकाले ३३ केभी सवस्टेशनबाट विद्युत्को प्रसारण पूर्णरूपमा बन्द गरेर काम गरिने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका निमित्त प्रमुख प्रमोदराज पंगेनीले जानकारी दिए । पंगेनीले बागलुङसहित म्याग्दी, पर्वत र मुस्ताङमा पनि विद्युत् सेवा बन्द भएको बताए । लगातार दुई दिन विद्युत् बन्द हुँदा धेरै क्षेत्रमा प्रत्यक्ष असर पर्ने भए पनि ट्रान्सफर्मर परिवर्तनका लागि विद्युत् बन्द नगरी काम नहुने भएकाले बाध्यताका कारण विद्युत् बन्द गरेर काम गर्नु परेको छ । विद्युत् लाइन कटौती भएको समयमा यस क्षेत्रका बासिन्दालाई पर्न जाने असरप्रति प्राधिकरणले क्षमायाचना गर्दै उक्त समयमा वैकल्पिक व्यवस्था अपनाउन पनि सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->