बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एक महिनामा ७७ अर्ब रेमिट्यान्स भित्रियाे

एक महिनामा ७७ अर्ब रेमिट्यान्स भित्रियाे


  • Dhorpatan News
  • चैत्र ४ २०७५, सोमबार

काठमाडौँ, ४ चैत – वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको भए पनि विप्रेषण आप्रवाह एक महिनामै ७७ अर्बभन्दा धेरै बढेको छ । पुनः श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि विप्रेषण आप्रवह बढेको हो । चालू आर्थिक वर्षको माघसम्ममा विप्रेषण आप्रवह ५१५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो विप्रषण पुसको तुलनामा ७७ अर्ब १९ करोड रुपैयाँले धेरै हो । चालू्र आर्थिक वर्षको पुससम्ममा ४४३ अर्ब ३६ करोड रुपैयाँ विप्रेषण आएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनाको विप्रेषण आप्रवाह गत आवको सोही अवधिको तुलनामा १ खर्ब १४ अर्ब २० करोड रुपैयाँ अर्थात २८. ५ प्रतिशतले बढेको हो ।

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->