बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सेयर खरीदका लागि जनताको जलविद्युत‌्मा प्रधानमन्त्री ओलीको पहिलाे आवेदन

सेयर खरीदका लागि जनताको जलविद्युत‌्मा प्रधानमन्त्री ओलीको पहिलाे आवेदन


  • Dhorpatan News
  • चैत्र ७ २०७५, बिहिबार

काठमाडौं, ७ चैत – ‍प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली ‘बी’ को सेयर खरीद गरी बिहीबार जनताको सेयर आवेदन शुभारम्भ गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले १० हजार कित्ता सेयरका लागि आवेदन दिएका हुन। प्रधानमन्त्री पत्नीराधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिएका छन्। यस आयोजनामा सुरुमा सेयरका लागि १० प्रतिशत रकम मात्र दिए पुग्छ। यो आवेदन यही चैत ११ गतेसम्म जारी रहनेछ। ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्‌काे सेयरधनी’ को नारासहितयाे कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->