हिजो २१ मार्च, जातीय उत्पीडा बिरुद्धकाे दिबस !
यति बेला मेरा मानसपटलमा २०२० काे मुलुकी ऐन हुँदै आज सम्मकाे नेपाली कानुन र चित्रमा देखिएका फाेटाे र मैले भाेग्ने आजसम्मकाे नेपाली समाजकाे ब्यबहारले एउटै हाे केही फरक छैन । हाे म आज याे दिबस सम्झेर उकुसमुकुस भएकाे छु । याे पाेष्ट देखेपछि केही उपल्लो जात मानिनेहरु मलाई सराप र गाली गरिरहेछन मनमनै पक्कै पनि । भने याे पीडा भाेग्ने ६५ लाख दलितमानिनेहरु भने बिगत र बर्तमानका भाेगाइ सम्झेर रगत तातेकाे छ पक्कै पनि । मैले मिडियाबाट कुनै ब्यक्तिलाई दाेष लगाएकाे छैन, मैले केबल २१औं शताब्दीमा पढेका, देशबिदेश घुमेर समानता र मानवता बुझेका नयाँ युगका नेपाली समाजले गर्नु जातिय छुवाछूत बिरुद्ध हाे ।
फेसबुक र मुखमा समानता देखेकै छाै, बाेले जस्तै ब्यबहारिक रुपमा हुने हाे भने सायद फाेटाेमा देखिने विभेद एका देशकाे कथा बन्ने छन । दलित हितमा काम गर्ने धेरै डलरबादीहरु छन, जाे शहर केन्द्रित रहेर महङ्गो भाडा तिर्दै आफ्नै गाेजी भर्न सिमित छन । यति बेला नेपाली शिक्षालाई सम्झिन चाहे किताबका पानामा समानता देखाउने अति घरमा गएर उहीँ पुरानै बाउ बाजेकाे बिडाे थाम्ने । यहि हाे नेपाली समानताकाे शिक्षा गुरु ? छुवाछूत हटाउन निकै गित बने, चलचित्र बने र साहित्यकारहरु पनि धेरै आए तर सबैले नेपाली समाजमा देखिने समस्या मात्र देखाए तर समाधान कसरी गर्ने र समानता ल्याउने भनेर कहिलै गित गाएनन् र चलचित्र पनि बनेनन् । कृपया ! स्कुले जिवनमा दिइने छात्रवृत्ति जातियताकाे आधारमा हैन बर्गिय रुपमा दिनुपर्छ । सके छुवाछूतका बिषयमा पढाइ गराउनु हुन्न । किन कि ती कलिला बालबालिकाकाे मानसिकतामा असर पर्छ । स्कुलबाट नै हामी सबै नेपाली भन्ने शिक्षा ब्यबहारिक रुपमा दिनु जरुरि छ । जबसम्म नेपाली समाजमा जातीय विभेद हट्दैन तबसम्म देश बिकास हुन्न भन्ने साेच्न जरुरि छ ।
बिदेशमा चल्ने – स्वदेशमा नचल्ने !
शहरमा चल्ने – गाउँ नचल्ने !
कुवामा चल्ने – धारामा नचल्ने !
रगत चल्ने – पानी नचल्ने !
जाेवन चल्ने – भाेजन नचलने !
कतिसम्म स्वार्थ हाे नेपाली समाज । बेला माैकामा मैले फेसबुकमा जातिय कुरा उठाउदा रिसले चुर हुँदै किन जातकाे मात्र कुरा गरेकाे अब सबै समान हाे भन्ने मित्रहरुलाई मैले बारम्बार भन्ने गर्छु मलाई यहाँ हामी सबै एकै हाै भने जसरि आफ्ना गाउँ दलितहरुलाई समानता दिनुस । अरे यार, नयाँ जमाना हाे । कस्ले किन कसरी बिभेद/छुवाछूत गरे सबैलाई थाहा हुन्छ । मैले आज भाेली धेरैकाे गाली र ताली दुबै खाने गर्छु तर मैले गल्ति गरे जस्तो लाग्दैन । धेरैले मलाई भन्नुहुन्छ पहिले आफु परिवर्तन हुनुस । भन्नुस म के परिवर्तन गराै ? तपाई भन्दा कमि म मा के छ? म सुधार गर्न तयार छु । काेही भन्छन दलित अलि फाेहाेरी हुन्छन ? ठिक छ अलि सफा दलित पनि छन उनिहरुलाई खै समानता ?, काेही भन्छन अलि शिक्षित हुनुपर्याे ? ठिक छ म अशिक्षित नै भए तर हरेक क्षेत्रमा डाक्टर गरेर देशकाे सेवा गर्ने दलित पनि त छन खै समानता ?

काेही भन्नुहुन्छ पहिले दलित-दलित मिल, ती दलितहरुलाई छुवाछूत गर्नुपर्छ भनेर सिकाउने काे हाे ? पहिले दलित भित्र नै खुलेआम रुपमा राेटी बेटी चल्नुपर्छ भनिरहेकाे छु । काेही भन्छन, गाई/गाेरु साथै मरेकाे सिनाे खान्छन दलितहरु ? अरे ती जमाना गए हामीले खाएकाे हैन तिम्रा बाउ बाजेले बाध्यताले खाना लगाएका हुन तर अहिले खादैनौ त खै समानता ? बाहिर लाेकाचार भित्र पाेकापार दहीच्युरे कुरा गर्ने जमाना गए स्वतन्त्रता र सामानता दिने भनेर कानून मै छ खै त नेपाली समाजमा लागू भएकाे कहिले हुन्छ ? पछिल्लो समयमा केही प्रतिशत समानता दिनेहरुलाई यहि नेपाली समाज तगाराे भन्छ । मायाँमा जातभात हुन्न भन्दै अन्तरजातीय बिहे गर्ने हरुलाई सके मारेर फाल्छन, कुटपिट गर्छन, जीवन भर ती जाेडीलाई माईत आउन बन्द गर्छन । अलिकति रगतकाे नाता पनि याद आएन ? अलिकति आफ्नाे सन्तानको खुसि पनि देख्न मन लागेन है ? हिजाे आज धेरै यस्ता जातीय पिडाले नयाँ पुस्ता राेईरहेकाे छ कहिलेसम्म हाे ? कठै मेराे २१ औं शताब्दीको नेपाली समाज !




