शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

राष्ट्र : राजनीति र जनता बीचकाे जीवन्त सम्बन्ध

राष्ट्र : राजनीति र जनता बीचकाे जीवन्त सम्बन्ध


  • कृष्ण केसी
  • चैत्र ८ २०७५, शुक्रबार

मानव समाजमा जति पनि पेशाहरू छन्, राजनीति ती सबैभन्दा अधिक कठिन, ज्यादै जाेखिमपूर्ण र सम्वेदनशील सेवा मुलक पेशा हाे । सानाे हृदयले राजनीति चल्दैन र चल्याे भने पनि त्यस्ताे राजनीति धेरै दिन टिक्दैन् ।
राजनीतिकाे भाैतिक स्वरूप राज्य सञ्चालन गर्ने नीति हाे । राजनीतिलाइ जनताकाे हृदय बनाउन मुटुकाे ढुकढुकी जस्तै प्याराे जननीति अपनाउनु पर्छ । राजनीतिक पार्टीलाइ जनताकाे सजीव जीवन बनाउन सकेपछि मात्र जननीतिकाे विकास हुन्छ भन्ने कुरा सबै तहका राजनीतिक नेताहरूले पक्कै बुझेका छन् ।
हाे, राजनीतिलाइ बुझ्ने मामिलामा एकरूपता छैन् । जनसेवा, समाज सेवालाइ कसरी अघि बढाउने भन्ने सवालमा पनि विवाद छ, राष्ट्रसेवालाइ कार्यरूप दिन पनि त्यति सजिलाे छैन र विश्वसेवालाइ नै लक्ष्य बनाएर अघि बढन त झन असम्भव जस्तै देखिन्छ । यसकाे अर्थ मानव सेवा, समाजसेवा, राष्ट्रसेवा र विश्व सेवा गर्नै सकिन्न, असम्भव छ लगाइन्छ भने त्याे सबैभन्दा फाल्तु वकवास हाे, त्याे महान कार्य सम्भव छ । राजनीतिलाइ केबल शासकहरूकाे शासन गर्ने नीति र शाेषकहरूले शाेषण गर्ने नीति, जननीतिलाइ जनता फकाउने र फसाउने नीति, कुटनीतिलाइ विदेशीहरू रिजाउने र रिजाउन नसके युद्दकाे तयारी गर्ने नीति, युद्द नीतिलाइ जनता दवाउने र युद्द फैलाउने नीति भनेर बसैले बुझेका छन भने त्याे राजनीतिक भ्रम मात्रै हाे ।
पक्कै पनि राज्य सञ्चालन गर्ने राष्ट्रिय नीति र जनसेवा गर्ने जननीतिले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकता, संघ, प्रदेश र स्थानीय निकाय, जनता, जनजीवन र जननीतिकाे सार र रूप, गुदी र बाेक्राे, मुटु र छालाकाे प्रतिनिधित्व गर्न सक्याे भने बल्ल राजनीति र राजनीतिक पार्टीलाइ हरेक नागरिक, सबै जनताले व्यवहारबाटै चिन्न सकिन्छ । राजनीतिबाट जनतालाइ अलग गर्न खाेज्ने राजनीतिक शक्तिकाे अस्तित्व समाप्त हुन्छ, जनतालाइ नै शक्तिकाे स्राेत मान्ने राजनीतिक शक्तिकाे उदय हुन्छ, राजनीति र जनता बीचकाे जीवन्त अन्तर सम्बन्ध नै राष्ट्र हाे । जनताकै लागि जनताले खडा गरेकाे राज्य शक्तिलाइ जनताकाे विरूद्द शासकहरूले दुरूपयाेग गर्न खाेजे भने जनताले फेरि विद्राेह गर्छन्, राज्य सत्ता नै ढल्छ र जनताकाे राज्य सत्ता खडा हुन्छ, याे समाज विकासकाे नियम हाे । समृद्द नेपाल, सुखी नेपाली नारालाइ जनताकाे जनजीवनमा अभिव्यक्त हुने गरी कर्म गराैं, समाजवादमा अघि बढाैं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->