शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

२०८० देखि सुरुङ युग : प्रधानमन्त्री

२०८० देखि सुरुङ युग : प्रधानमन्त्री

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक ४ लेनको बन्ने भएको छ ।


  • Dhorpatan News
  • चैत्र ८ २०७५, शुक्रबार

बुटवल, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले २०८० पछि नेपालमा सुरुङ युग आउने दावी गरेका छन् । बुटवल-नारायणगढ सडक विस्तार आयोजनाको बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्रीले २०७५ देखि २०८० सम्म सडकयुग र त्यसपछि सुरुङ युग आउने बताएका हुन् । उनले भने ‘अब शुरु भो,अघि बढ्यो कसैले रोकेर रोकिन्न, ७५ देखि ८० सम्म सडक युग, ८० देखि शुरुङ युग शुरु हुन्छ ।’
उनले कर्मचारीलाई निर्देशन दिँदै भने आयोजनामा छैन भने संशोधन गर्नुस् भैरहवा -लुम्बिनी-तौलीहवा सडक पनि नमुना बन्नेछ ।’ सडकका लागि निर्माण सामग्री अभाव हुन नदिने पनि उनले बताए । ‘वाताबरणको सुरक्षा पनि होस् गिट्टी बालुवा पनि निकालौं, नेपालमा पनि ढुंगा गिट्टीको अभाव हुन्छ ? डाडाकाँडा काटेर पनि निकालिन्छ चिन्ता नलिऔं ।
प्रधानमन्त्री ओलीले मृत्युमार्गको परिचय बनाएको रुपन्देहीको सिद्धबाबा खण्डमा पनि छिटै सुरुङ मार्ग बन्ने बताए । ‘अब सिद्धबाबाका बारेमा धेरै गीत गाइरहन पर्दैन’ उनले भने । सडक निर्माणका लागि ढुंगा, गिटी बालुवाको कमी नहुने भन्दै उनले पहाड फोरेर पनि काम नरोकिने बताए । पूर्व पश्चिम रेल मार्ग पनि छिटै बन्ने प्रधानमन्त्री ओलीले बताए । गौतमबुद्ध जन्मस्थललाई लुम्बिनी जस्तै पवित्र र स्वच्छ बनाई पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए ।
प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहतर्फ इंगित गर्दै प्रधानमन्त्रीले अब बम पड्काउन, मान्छे मार्न र उत्पात मच्चाउन नपाइने बताए । ‘बम पड्काउन, मान्छे मार्न र उत्पात मच्चाउन पाइदैन’ उनले भने, ‘कानुन अनुसार कारवाही हुन्छ, प्रतिवन्ध लगाइन्छ ।’ प्रधानमन्त्री ओलीले हिंसा र अशान्तिको युग सकिएको दोहोर्‍याए । भैरहवा लुम्बिनी तिलौराकोट सडकलाई पनि चार लेनको बनाउन यातायात मन्त्री र मन्त्रालयका सचिवलाई मन्चबाटै निर्देशन दिए ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडक ४ लेनको बन्ने भएको छ । विसं २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ५७ बर्षपछि फराकिलो हुन लागेको हो । हाल दुई लेनको रहेको सडक फराकिलो पार्ने कामको प्रधानमन्त्री केपी ओलीले शुक्रबार बुटवलबाट शिलान्यास गरेका छन् । १५ अर्ब रूपैयाँको लागतमा बन्ने सडकका लागि एशियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बाँकी थप रकम नेपाल सरकारकै हुनेछ ।  १ सय १४ किलोमिटरमध्ये २८ किलोमिटरमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन पनि संगै हुनेछ । चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको सडक विभाग आयोजना निर्देशनालय उपआयोजना निर्देशक सागर पौडेलले बताए । सडक अन्तर्राष्ट्रिय स्तरको र नमुना बन्ने रुपन्देही क्षेत्र नं २ का सांसद एवं नेकपाका महासचिव विष्णु पौडेल बताउँछन् । ‘सडक निर्माणको अवधि साढे ३ वर्ष तोकिएको छ । सडकको दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्ट्रक्सन बनाउनेछ । नारायणगढ– दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने-बुटवल ४९ किलोमिटरमा बन्नेछ, उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->