पोखरा, १० चैत – नेपाल र जापान सरकारबीच श्रमिक आपूर्तिबारे सोमबार समझदारी हुने भएको छ। सोमबार हिमालयन होटल कुपण्डोलमा आयोजित एक कार्यक्रमबीच दुई देशबीच श्रमिक आपूर्तिबारे समझदारी पत्रमा हस्ताक्षर हुने भएको हो। समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
समझदारी कार्यक्रममा सहभागिता जनाउनका लागि जापानको श्रम मन्त्रालयका अधिकारीसमेत नेपाल आइसकको छन्। समजदारी पत्रमा जापानले नेपाली कामदार आपूर्ति गर्न सक्ने र कामदारको हकहितका विषयहरु उल्लेख गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा नारायण रेग्मीले नेपालखबरलाई जानाकारी दिए। सोमबार हुने समझदारीमा कामदारको हकहितका कुराहरु देखि कामदारले पाउने सेवा सुविधाका कुराहरु समेत उल्लेख गरिएका छन्। जुन अन्तर्राष्ट्रिय स्तरमा कामदारले पाउने सेवा सुविधा नेपाली कामदारले पाउने पाउनु पर्ने उल्लेख छ।
कामदार पठाउने मोडल भने पछि तय हुने
नेपालले कुन मोडलबाट कामदार ठिाउने भन्ने विषयमा समझादरी पत्रमा उल्लेख केही उल्लेख नगरिएको प्रवक्ता रेग्मीले बताए। ‘म्यानपावर कम्पनीमार्फत कामदार लाने वा सरकारले नै कोरिया मोडलमा पठाउने बारेमा चाहिँ पछि नै तय गरिन्छ’, उनले भने। नेपाललले जापानसँग कामदार आपूर्तिसम्बन्धी पहिलो समझारी गर्न लागेको छ। यो समझादारी पछि मात्रै अन्य प्रक्रिया अघि बढ्ने उनले जानाकारी गराए।
जापान सरकारले गत ४ महिना अघि सार्वजनिक गरेको सुचनामा १ अप्रिलदेखि वृद्धवृद्धाको स्याहारसुसार, कृषि, निर्माणसहितका १४ वटा क्षेत्रमा १८ वर्ष पुगेका करिब ४ लाख विदेशी कामदार भित्र्याउने जनाएको थियो। जापान सरकारले नेपालसहित भीयतनाम, चीन, फिलिपिन्स, इन्डोनेसिया, थाइल्यान्ड, म्यानमार, कम्बोडिया, मंगोलियाबाट पाँच वर्षको अवधिमा ४ लाख कामदार भित्र्याउने जनाएको थियो। निजी क्षेत्रको आवश्यकताअनुसार कामदार थप्न सक्ने समेत जनाएको थियो। सोही अनुसार जापानले नेपालसँग कामदार आपूर्ति समझदारी गर्न लागेको हो।





