बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बिकासको यात्रामा सरकार: मन्त्री अर्याल

बिकासको यात्रामा सरकार: मन्त्री अर्याल

बिदेश जानेलाई ठाउँ ठाउँमा कलकारखाना खोलेर रोजगारी श्रृजना गर्नुपर्नेमा जोड


  • Dhorpatan News
  • चैत्र १२ २०७५, मंगलबार

ढोरपाटन संवाददाता
स्याङ्जा, १२ चैत – भुमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अयालले वर्तमान सरकार बिकासको यात्रामा लागेकाले चिन्ता नगर्न आग्रह गरेकी छिन । आँधिखोला – २ र ४ जोड्ने अन्धाअन्धी मोटरेबल पुलको उद्घाटन र आँधिखोला – २ र ५ जोड्ने भैरब कुण्ड मोटरेबल पुलको शिलन्यास गर्दै मंगलबार मन्त्री अर्यालले अबको ४ बर्षमा देशमा बिकासको आधिबेरी आउने वताईन ।
सरकारले जे बोल्छ त्यो गरेर देखाउने बताउदै मन्त्री अर्यालले काम गर्न नसके आफुहरुलाई सताको कुनै लोभ नभएको बताईन । लामो समयको सघर्षबाट अहिलेको अवस्था आएको बताउदै मन्त्री अर्यालले बलिदानी पुर्ण सघर्ष, ठुलो त्याग र तपस्याका कारण मुलुकमा परिवर्तन भएको वताईन । परिवर्तन खेलातीका कारण नआएको बताउदै मन्त्री अर्यालले केही गर्ने उदेश्यले परिर्वतन गरेको जिकिर गरिन ।
बिकासको बाधक केन्द्रिकृत राजकिय संस्था फालेर गणतन्त्र ल्याएको र त्यसका लागि बन्दुक समेत बोकिएको र हजारौको बलिदानी गरिएको बताउदै मन्त्री अर्यालले २० बर्ष पहिलाको र अहिलेको आँधिखोलाले टोल टोलमा सडक, घर घरमा धारा र बिजुली पुगेर परिवर्तन देखाएको बताईन ।
१५ बर्ष पहिला अध्यारोमा बस्ने स्याङ्जामा बत्ती बलेको बताउदै मन्त्री अर्यालले भनिन -“यहाँ बत्ती नबलेको बस्ती छैन् । स्याङ्जा उठाउनको लागि जुन सुकै सहयोग हुने बताउदै मन्त्री अर्यालले लिपीबद्ध ढंगले माग गरेमा संघको सहयोग रहने छ ।”
बिदेश जानेलाई ठाउँ ठाउँमा कलकारखाना खोलेर रोजगारी श्रृजना गर्नुपर्ने बताउदै मन्त्री अर्यालले बेरोजगारी देशको मुख्य समस्या भाएकोले पर्यटन, उद्योग, कलकारखाना, कृषिले बेरोजगारी समस्या समाधान गर्ने सम्भावना भएको बताइन । कृषि योग्य जमिन बाझो राख्न नपाउने बताउदै मन्त्री अर्यालले जमिनको सदुपयोग गर्न सहुलियत दरमा ऋण, अनुदान प्रदान गर्ने सरकारले नीति रहेको जानकारी दिइन । ३३ प्रतिशत जमिन मात्र खेतीपातीमा प्रयोग भएको बताउदै मन्त्री अर्यालले बाझै रहेको जमिनको अधिकतम सदुपयोग गर्नुपपर्नेमा जोड दिइन ।
जलश्रोतको धनी नेपालमा पानी खान नपाउने अवस्था र अन्धकारमा बस्नु पर्ने बाध्यता रहेको बताउदै मन्त्री अयालले जलश्रोतको सहि सदुपयोग भएमा छिमेकी देशलाई बेच्न सकिन्छ । खेती योग्य जमिन बाँझो रहेमा खान नपाएर कन्दमुल खानु पर्ने अवस्था आउने बताउदै मन्त्री अर्यालले बाझो जग्गा सरकारले लिएर निजी क्षेत्रलाई काम गर्न दिने बताईन । उत्पादीत बस्तुले बजार नपाउदाँ निराश रहेको बताउदै मन्त्री अर्यालले सरकार किसानबाट उत्पादित बस्तुको बजारीकरण गर्ने कार्यमा लागेको वताईन । प्रधामन्त्री स्वरोजगार कार्यक्रम एक घर एक रोजगार दिने उदेश्यले घोषणा गरिएको बताउदै मन्त्री अर्यालले रोजगारीले बिदेशिने युवाको संख्यामा कमी आउने बताइन ।
कार्यक्रममा प्रदेश सभा सदस्य मिन प्रसाद गुरुङ्ले संघियता नयाँ अभ्यास भएको बताए । संघियताले गाउँ गाउँमा बिकासको लहर आएको बताउदै गुरुङ्ले काम गरेमा बजेटको अभाब नहुने बताए । कार्यक्रममा पुर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) नेता शैलेन्द्र घिमिरे, सुधिर कुमार पौडेल, नेकाका प्रदिप कुमार पौडेल, गाउँपालिका उपाध्यक्ष शर्मिला पौडेल, प्रमुख प्रसासकिय अधिकृत उज्वल भुसाल लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->