बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लगानीको लागि नेपाल ‘भर्जिनल्याण्ड’ : प्रधानमन्त्री

लगानीको लागि नेपाल ‘भर्जिनल्याण्ड’ : प्रधानमन्त्री

काठमाडौंमा शुक्रबारबाट सुरु भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन


  • Dhorpatan News
  • चैत्र १५ २०७५, शुक्रबार

काठमाडौँ, १५ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको लागि नेपाल भर्जिनल्याण्ड भएको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्नको लागि आह्वान गरे ।उनले तीन करोड नेपालीको जीवनस्तर सुधार्न सरकारले काम गरिरहेको भन्दै विदेशी लगानीको लागि व्यवसाय गर्ने वातावरणमा धेरै सुधार गरेको बताए। उनले नेपालमा राजनीतिक स्थायित्व मात्रै नभई नीतिगत स्थायित्व पनि भएको बताए। ‘एक वर्षमा हामीले धेरै नीतिगत र कानुनी सुधार गर्‍यौं। धेरै प्रारुपहरु तयार पार्‍यौं,’ प्रधानमन्त्री ओलीले भने,‘नेपाल लगानीको लागि तयार छौं।’ उनले आर्थिक समृद्धिबिना राजनीतिक परिवर्तन दीगो नहुने भन्दै सरकारले द्रूततर आर्थिक विकासमा जोड दिएको बताए।
उनले नेपालले सन् २०२३ सम्ममा मध्य आय भएको मुलुक बन्ने र सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको बताए। प्रधानमन्त्री ओलीले दुई अंकको आर्थिक बृद्धि गर्न सरकारलाई ५ वर्षभित्र ९८ खर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै वैदेशिक लगानी आवश्यक परेको प्रष्ट पारे। ‘हामीले भर्खरै योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएका छौं,’ उनले भने, ’यसले कामदारलाई मात्रै होइन उद्योगीहरुलाई पनि सहजता प्रदान गर्छ।’ प्रधानमन्त्री ओलीले सरकारले कर र उद्योग दर्ता प्रक्रियालाई पूर्णरुपमा स्वचालित बनाउने योजना बनाएको जानकारी दिए। उनले लगानीको लागि नेपाल उदार देश भएको भन्दै सरकारले सबै क्षेत्रमा लगानी खुला गरेको बताए।
उनले मापदण्ड पूरा गर्ने लगानीलाई कर छुटको प्रतिबद्धता कानुनमा उल्लेख भएको भन्दै लगानीकर्ताको लागि यो अवसर भएको बताए। उनले अधिकांश नेपाली काम गर्ने उमेर समूहका भएको जानकारी गराउँदै श्रमको मूल्यको हिसाबले पनि नेपालमा लगानी गर्न उपयुक्त हुने दाबी गरे। उनले पूर्वधारका हिसाबले पनि नेपाल अघिल्लो पटक भन्दा बढी तयार भएको बताए। उनले नेपालको ऊर्जाको क्षेत्रिय बजारको खोला खुलेको भन्दै सडबाहेक छिमेकी देशसंग नेपालले रेल, पानीजहाज र प्रसारण लाइनको सञ्जाल बनाउने बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->