शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लगानी सम्मेलनमा १५ परियाेजनामा सम्झाैता (सूचीसहित)

लगानी सम्मेलनमा १५ परियाेजनामा सम्झाैता (सूचीसहित)


  • Dhorpatan News
  • चैत्र १६ २०७५, शनिबार

काठमाडौँ, १६ चैत – लगानी सम्मेलनको दोस्रो दिन शनिबार विभिन्न क्षेत्रमा लगानीको लागि १५ वटा समझदारी पत्रमा हस्ताक्षर भएका छन् । ऊर्जासहित विभिन्न क्षेत्रमा लगानीका लागि समझदारी भएको हो । शनिबार चौधरी ग्रुपले मात्रै सोलार प्लान स्थापना, फाइभी विस्तार र जलविद्युत आयोजनाको लागि फरक फरक निकायसँग तीन वटा सम्झौता गरेको छ।
शनिबारै माथिल्लो त्रिशूली आयोजनामा कोरियाली कम्पनीले ६५० मिलियन डलर लगानी गर्ने समझदारी गरेको छ। अरुण तेस्रोलाई लगानी गर्न एसबीआई बैंक, नविल बैंक र एभरेस्ट बैंकले समझदारी गरेका छन्। हाइड्रो सोलुसनले चिनियाँ कम्पनीसँस १६४ मेगावाटको काली गण्डकी गर्ज निर्माण गर्न समझदारी गरेको छ। सीमरामा विशेष आर्थिक क्षेत्र सेज विकासको लागि लगानी बोर्ड, आइएफसी र सेज प्राधिकरणबीच समझदारी भएको छ।
यी हुन लगानी सम्मेलनमा सम्झाैता भएका १५ परियाेजना:
१) चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी
२) ६ सय मेगावाट सोलार प्लान्टका लागि चौधरी ग्रुप र स्काई पावरबीच समझदारी
३) ५ जी नेटवर्क विस्तारको लागि सिजी र टेलिसेलबीच समझदारी
४) सोलार पोर्टेबल टाइप इनर्जीका लागि सीजी पूर्वाधार प्रालि र प्रदेश २ बीच पनि
५) २६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाका लागि कोरियाली कम्पनीद्वारा ६५० मिलियन डलर लगानीको घेाषणा
६) ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर, भारतीय केन्द्रीय बैंकबाट १२ हजार करोड बढी रुपैयाँ लगानी
७) १६४ कालीगण्डकी गर्ज विद्युत् आयोजनाका लागि सिन्ह्वा हाइड्रो सोलुसन र सांघाईबीच समझदारी
८) सिमरा सेज पीपीपीमा बनाउन लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबीच समझदारी
९) सिन्सीयर कन्सल्टेन्ट, हिमालयन बुटिक रिसोर्ट, हर्बल डिडक्सिकेसनबीच समझदारी
१०) एनआरएनएद्वारा पूर्वाधार विकासमा १० अर्ब लगानीको प्रतिबद्धता
११) नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेड समझदारी
१२) पूर्वाधार विकास कर्पोरेसन
१३) मुतुथ फाइनान्स भारतद्वारा ३९.९० करोड घोषणाा
१४) दक्षिण अफ्रिका र दक्षिण अफ्रिका लगानी बोर्ड र इन्भेष्ट साउद अफ्रिकाको लगानी समझदारी
१५) गुरुप्रसाद न्यौपाने, राजन खरेल, खरेल ग्रुप अफ क्यापिटलिस्ट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->