बागलुङ,२२ चैत- पहिलो पटक करदाता सेवा कार्यालयबाट आन्तरिक राजश्व कार्यालय बनेको बागलुङले लक्षभन्दा ३१ प्रतिशत बढी कर संकलन गरेको छ ।कार्यालयले राखेको लक्ष भेटेर बढी संकलन भएको हो । कार्यालयले करको दायरा फराकिलो बनाएकोले लक्षभन्दा धेरै कर संकलन गर्न सकेको दावी समेत गरेको छ ।
कार्यालयका प्रमुख हेमराज सुवेदीका अनुसार चालु बर्षको फागुन मसान्त २८ करोड ८८ हजार ६२ हजार रुपैयाँ सकंलन गर्ने भनेकोमा लक्षभन्दा ३१ प्रतिशत बढी ३७ करोड ८८ लाख ८८ हजार रुपैयाँ संकलन भएको हो । उक्त रकम मध्ये सबैभन्दा धेरै आयकरमा उठेको छ । आयकरमा १५ करोड ८८ लाखको लक्ष रहेकोमा २१ करोड ५२ लाख पुगेको हो । मूल्य अभिवृद्धिकर ९ करोड ५ लाख लक्ष राखेकोमा करोड ३३ लाख संकलन भएको सुवेदीले बताए ।
त्यस्तै व्याजकर ३ करोड ५८ लाख लक्ष रहेकोमा ४ करोड ८७ लाख र। अन्तशुल्कमा पनि ३५ लाख ८१ हजार लक्ष राखिएकोमा ८४ लाख ८८ हजार पुगेको हो । करको दायरामा नआएकालाई धमाधम ल्याउने काम शुरु भएपछि करको मात्रा पनि बढेको हो । सुवेदीका अनुसार आन्तरक राजश्व कार्यालयले अनुगमन र कारवाही समेत गर्न सक्ने अधिकार राखेपछि बिभिन्न व्यवसायलाई करको दायरामा ल्याएको हो । यस अघि व्यपारिक क्षेत्रले मात्र करको कारोवार गरेका थिए । ‘अघिल्लो बर्ष लक्ष निर्धारणको बेला सेवा क्षेत्रको योगदान बारे खासै कुरा भएको थिएन’ सुवेदीले भने, ‘ट्युसन सेन्टर, होटल व्यवसाय लगायतमा कर शिक्षा र आवस्यकता बारे सचेतना फैलाएपछि राजश्व बढेको हो ।’ गत बर्ष सम्म करदाता सेवा कार्यालय रहेकोमा यो बर्षको भदौपछि आन्तरिक राजश्व कार्यालयमा बढुवा भएको हो ।
कार्यालयले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सबै स्थानीय तह सम्म कर शिक्षा संचालन गरेको छ । साथै व्यवसाय संचालन गर्नेलाई पान र भ्याटमा दर्ता गर्न जागरुक गराइएको उनले बताए । कार्यालयमा १ हजार ५ सय जना भ्याट र १५ हजार बढी करदाता सूचिकृत भैसकेका छन् । ‘कहरमा कर तिर्नु परेको महसुस भएकालाई राज्यको बिकासमा योगदान गरेको अनुभूति दिने, व्यवसायिक सुरक्षाको ग्यारेन्टी दिने जस्ता बिषयले करदाता उत्साही भएका छन्’ उनले भने, ‘सेवा कार्यालयबाट बढुवा भएकोले हामीले अनुगमनको अधिकार पनि पाएका छौं ।’ अनुगमन र निर्देशन गर्न सकिने भएकोले करदाता अझै बढ्ने संभावना छ ।’ चालु बर्ष बागलुङका अन्य नगरक्षेत्रमा बिद्युतीकरणको अभियान संचालनमा रहेकोले व्यवसाय थपिएर करदाता बढ्ने समेत उनले बताए ।
दायरा बढाउनका लागि क्षेत्रहरुको खोजी समेत भएको छ । कर शिक्षा अभियानका लाग भने उद्योग बाणिज्य संघलेपनि सघाएको छ । ‘हरेक व्यवसायमा कर शिक्षा अभियान जानुपर्छ भनेर हामीले सहजीकरण गरेका छौं’ संघका महासचिव नरेश कंडेलले भने, ‘करदातालाई दुःख दिएर भन्दा उत्साही बनाएर तिर्ने बनाउनुपर्छ ।’ कार्यालयबाट बेलाबेला आतंकित बनाउने काम भएको गुनासो आएपछि सहजीकरण गरेको समेत उनले बताए । सुवेदीले भने आ“फै आफ्नो कारोवार सार्वजनिक गरेर कर तिर्ने वातावरण बनाइएको दावी गरे ।
आर्थिक बर्ष २०७२÷०७३ देखि तुलनात्मक रुपमा करसंकलन बढ्न थालेकोमा कार्यालयको बढुवापछि यो क्रम दोब्बर बढ्ने संकेत मिलेको छ । चालु बर्षको अन्य सम्ममा ५३ करोड रुपैया“ संकलन गर्ने लक्ष राखेकोमा त्यो भन्दा बढी संकलन हुने लक्षण देखिएको सुवेदीले बताए । ‘पोखरा पुग्नेलाई जिल्लामा र जिल्ला आउनेलाई गाउ“ तह सम्म सुविधा दिएपछि यो उपलब्धी बढेको हो’ सुवेदीले भने ‘अब कर तिर्न सास्ती खेप्ने अवस्था आउन दिंदैनौं ।’ साना तथा मझौला उद्योग, व्यवसायी, सहकारी संस्था र संस्थागत विद्यालय समेतले कर तिर्न थालेको उनले बताए । साना व्यवसायीलाई संरक्षण गर्दा करको दायरा फराकिलो हुने कंडेलको भनाई छ । औषधि व्यवसायी, फेन्सी, ऋगार लगायतका व्यवसायीलाई कर बारे प्रशिक्षण गराउ“दा कार्यालय पुगेर तिर्ने बानी बिकास भैसकेको छ । ‘यस अघि पोखरा पुगेर तिर्नुपर्ने कर यही पाएपछि सजिलो भएको छ’ संघका अध्यक्ष युवराज राजभण्डारीले भने, ‘अझै कर्मचारीले दिने झण्झट हटाउनुपर्छ ।’





