बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ग्राहकको मृत्यु भएमा कर्जा मिनाहा,भुक्तानी गरेको सवै रकम फिर्ता

ग्राहकको मृत्यु भएमा कर्जा मिनाहा,भुक्तानी गरेको सवै रकम फिर्ता

मुक्तिनाथ विकास बैंकको नयाँ कर्जा योजना


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०७५, सोमबार

पोखरा,२५ चैत – मुक्तिनाथ विकास बैंकले नयाँ कर्जा योजना ल्याएको छ । आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकबाट ऋण लिएका ग्राहकको मृत्यु पश्चात मृतकका आफन्तलाई बाँकी कर्जा मिनाहा गद बैँकलाई भुक्तानी भएको साँवा तथा ब्याज पनि फिर्ता हुने नयाँ कर्जा योजना ल्याएको हो ।
उक्त योजना अन्तर्गत बैंकबाट सामुहिक जमानी वा ब्यक्तिगत जमानतमा बिनाधितो कर्जा लिएका ग्राहकको सो अवधिभित्र मृत्यु भएमा बैंकलाई तिर्न बाँकी रहेको रकम मिनाहा हुने क्षेत्रिय प्रवन्धक बाबुराम ढकालले जानकरी दिए । मृतकले भुक्तान गरेको सम्पूर्ण रकम मृतकको परिवारलाई फिर्ता हुने ढकालले बताए ।
उक्त योजना अनुसार माछापुच्छे गाउँपालिका वडा नं ३, घाचोक कास्कीका एक परिवारले तिरेको रकम फिर्ता र बाँकी रकम मिनाह गरिएको ढकालले जानकारी दिए । घाचोककी बिन्दु कार्कीले साना तथा लघुबैंकिङ्ग कार्यालय हेमजाबाट बिनाधितो लगेको रकम उनको निधन पछि मिनाह गरिएको हो । व्यक्तिगत लघुउद्यम कर्जा अन्र्तगत तरकारी खेती तथा पशुपालन ब्यबसायका लागि बिन्दु कार्की ले २०७४ बैशाख १ गते दुई लाख पचास हजार लगेकी थिइन । उनले हाल सम्म तिरेको १ लाख ५४ हजार ३ सय ८५ र तिर्न बाँकी १ लाख छब्बीस हजार ४ सय ६८ रुपैया सहित क्रिया खर्च ५ हजार थपेर एकमुष्ट २ लाख ८५ हजार ८ सय ५३ रुपैया परिवारलाई फिर्ता गरेको क्षेत्रिय प्रवन्धक ढकालले जानकरी दिए ।
क्षेत्रिय प्रवन्धक ढकाल सहित पोखरा अनुगमन अधिकृत नगेन्द्र राज पौडेल, शाखा प्रमुख सन्तोष शर्मा ,माछापुच्छे गाउँपालिका – ३ का वडा अध्यक्ष सुर्य प्रसाद लम्सालको टोलीले मृतकका परिवारहरुलाई चेक हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->