बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेशनल बैंकिङ र सांग्रिलाबीच सम्झौता

नेशनल बैंकिङ र सांग्रिलाबीच सम्झौता


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७५, मंगलबार

पोखरा ,२६ चैत -नेशनल बैंकिङ इन्ष्टिच्यूट र सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन हुने भएको छ । ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप मार्फत साक्षरता कार्यक्रम सञ्चालनको लागि सम्झौता भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई नेशनल बैंकिग ईन्स्टिच्यूटले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरुबारे विस्तृत जानकारी गराइएको छ । बैंकका कर्मचारीहरुले आ –आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ बिस्तार गर्नको लागिको प्रेरित गर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा नेशनल बैंकिग ईन्स्टिच्यूटको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र सांग्रिला डेभलपमेन्टको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले हस्ताक्षर गरेका हुन ।
बैंकले एप मार्फत महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए । बचत गर्ने र व्यवसाय सन्चालनबारे जागरुक्ता ल्याउन कार्यक्रमले टेवा पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->