बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जलविद्युतमा धनी छ, गण्डकी

जलविद्युतमा धनी छ, गण्डकी


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०७५, बिहिबार

पोखरा,२८ चैत -गण्डकी प्रदेशले अहिले देशमा उत्पादन भइरहेको विद्युतको ५२ प्रतिशत हिस्सा ओगट्छ । उर्जा मन्त्रालय विद्युत विकास विभागको तथ्याङ्क अनुसार अहिले देशमा ८९४.३५९ मेघावाट विद्युत उत्पादन भइरहेको छ । विद्युत विभागका अनुसार यसमा धर्मल प्लाण्ट र सोलार प्लान्टको उत्पादन पनि जोडिएको छ । गण्डकी प्रदेशमा मात्र १५ वटा आयोजनाबाट विद्युत उत्पादन भइरहेको छ ।
प्रदेश नं ४ मा ३४ वटा जलविद्युत आयोजनाहरु निर्माणाधीन छन् । यी परियोजनाबाट ६ सय मेगावाट भन्दा बढी विद्युत उत्पादन हुने प्रक्षेपण गरेको छ । विद्युत विभागको तथ्यांक अनुसार देशभर १सय ३७ आयोजनमा निर्माणको क्रममा छन् । ती निर्माण पुरा भए ३६८७.९३४ मेगावाट विद्युत उत्पादन हुन्छ । एक मेगावाट भन्दा थोरैका चारसहित यो प्रदेशमा ३८ वटा आयोजना निर्माणकै चरणमा छन् ।
असारमा सार्वजनिक भएको विभागको रिपोर्ट अनुुसार उत्पादन अनुमतिपत्रको लागि ४५ वटा आयोजनाले दरखास्त दिएका छन् । जसबाट ५३८०.१७५ मेगावाट विद्युत उत्पादन हुने उल्लेख छ । कूल १ सय ६६ आयोजनाले विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्रको लागि दरखास्त दिएको तथ्याङ्कमा उल्लेखछ । ती आयोजनाबाट ८३७१.०६८ मेगावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ । सर्वेक्षण अनुमति पत्र लिनेमा प्रदेश नं ४ मा ५२ वटा आयोजनाहरु छन् ।२१ हजार ५०४ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गण्डकीमा कालीगण्डकी १४४ मेगावाट र मध्य मस्र्याङदीको ७२ मेगावाट विद्युत परियोजना ठूलामध्येका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->