शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

धौलागिरी बहिरा विद्यालयमा ३ सय ९० घण्टे कम्प्युटर हाडवयर तालिम

धौलागिरी बहिरा विद्यालयमा ३ सय ९० घण्टे कम्प्युटर हाडवयर तालिम


  • Dhorpatan News
  • चैत्र २९ २०७५, शुक्रबार

बागलुङ, २९ चैत – धौलागिरि बहिरा आवासिय माध्यामिक विद्यालयको आयोजनामा ३ सय ९० घण्टे कम्प्युटर हाडवयर प्राविधिक तालिम सुरु भएको छ ।  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) गण्डकी प्रदेशको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । उदघाटन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका सामाजिक विकास संयोजक  गणेश थापाले बढ्दो बैदेशिक रोजगारलाई घटाउनका सीप मुलक तालिम उपयोगी हुने बताए । तालिमबाट सिकेको सिपलाई व्यवहारिक रुपमा उतार्नका थापाले आग्रह गरे । तालिममा कम्प्युटरका पाटपुर्जा बनाउने, सफ्टवयर राख्ने लगायतको बिषयमा सहजिकरण गरिने छ ।
तालिममा २० जनाको सहभागिता रहेको छ । तालिमको अनन्त बिजय श्रेष्ठ र किसन राना मगरले प्रशिक्षण दिने विद्यालयका प्रध्यानाध्यापक रेशमबहादुर श्रीषले जानकारी दिए । तालिम उद्घाटन कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक रेशमबहादुर श्रीष, पुर्व प्रध्यानाध्यापक बसन्तजंग राजभण्डारी, बहिरा संघ बागलुङका अध्यक्ष सन्तोष पौडेल लगायतले बोलेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरको अध्यक्षता, विव्यस सदस्य तथा शिक्षक सिता सुवेदीको स्वागत र शिक्षक अनन्त बिजय श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->