शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बजार अनुगमन समितिले अखाद्य वस्तु बरामद गरी नष्ट गर्यो

बजार अनुगमन समितिले अखाद्य वस्तु बरामद गरी नष्ट गर्यो


  • Dhorpatan News
  • चैत्र ३० २०७५, शनिबार

बागलुङ, ३० चैत – बागलुङ नगर अनुगमन समितिले बजार अनुमनलाई तिव्रता दिएको छ । सदरमुकाम बागलुङ बजारमा शुक्रवार गरिएको अनुमनका क्रममा म्याद गुज्रेका तथा लेवल नराखी विक्रीवितरण भइरहेका दैनिक उपभोग्यवस्तुलाई तत्कालै नष्ठ गरिएको छ । विगतमा गरिएको अनुमनमा व्यवसायीलाई सुधार गर्न निर्देशन दिदै आएको समितिले अवका दिनमा अनुगमनलाई कडाई गरिने जानकारी दिएको छ ।
समितिले शुक्रवार १० साना ठुला किराना पसल तथा एक पाउरोटी उद्योग अनुमन गरेको थियो । अनुगनको क्रममा म्याद गुज्रेको तेल, घिउ, पिय पदार्थ, चाउमिन लेवल कायम नगरी विक्रिको लागी राखिएको ल्वाङ सुकमेल, होटल तथा रेष्ट्रुरेन्टमा प्रयोग गरिने मिश्री अनुमनटोलीको निगरानीमा व्यवसाईलाई नष्ट गर्न लगाईएको वजार अनुमन समितिका संयोजक बागलुङ नगरपालिकाका वरिष्ठ योजना तथा प्रसासकिय अधिकृत युक्त प्रसाद सुवेदीले वताए ।
अनुगमनको क्रममा कतिपय पसलमा अखाद्य बस्तु र म्याद सकिएको सामान भेटिएकोले सोही ठाउँमै बरामत गरि नष्ट गरिएको छ । कतिपय पसलमा मुल्यसूची नराखिएको, सरसफाईमा ध्यान नदिईएको पाइएकोले त्यसलाई सच्याउन भनिएको छ । व्यवसायीलाई मापदण्डमा रहेर व्यवसाय सञ्चालन गर्न आग्रह गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका प्रमुख केदार पौडेले वताए । अनुज्ञापत्र नलिएका पसलहरुलाई ७ दिनभित्र प्रक्रियामा जान ताकेता गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->