शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ढोरपाटन पुग्ने पर्यटकलाई बडिगाडमा र्याफ्टीङ् चढाउने विष्टको घोषणा

ढोरपाटन पुग्ने पर्यटकलाई बडिगाडमा र्याफ्टीङ् चढाउने विष्टको घोषणा

पर्यटन प्रवद्र्धनको उद्धेश्य सहित सुरु भएको कार्यक्रमलाई मुसिकोट नगरपालिकाले प्रवद्र्धन गर्ने जनाएको छ ।


  • कमल पौडेल
  • बैशाख ३ २०७६, मंगलबार

बडिगाड, ३ बैशाख – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण विष्टले ढोरपाटनमा पुग्ने पर्यटकलाई बागलुङको बडिगाडमा र्याफ्टीङ गराउने घोषणा गरेका छन । ढोरपाटन शिकार आरक्ष क्षेत्र महत्वपूर्ण पर्यटन गन्तब्य भएको वताउदै मन्त्री विष्टले अव त्यहाँ पुग्ने सवैलाई बढिगाडमा र्याफ्टीङ चढाएर फर्काउन सकेमा पश्चिम बागलुङकोे समृद्धिमा टेवा पुग्ने वताए ।
बागलुङको खर्वाङस्थित बडिगाड खोलामा पहिलो पटक र््याफ्टीङको मंगलवार उद्घाटन गर्दै मन्त्रि विष्टले राज्यको श्रोतको महत्वपूर्ण योगदान पर्यटन भएकाले त्यसलाई भरपुर उपयोग गर्नुपर्ने वताए । सरकारले जहाँ जे को सम्भावना छ त्यहि काम गरी देशलाई सम्वृद्धि तिर लैजान लागेको बताउदै मन्त्रीले काठमाडौंमा रेल चलाउने गरि तयारी भइरहेको जानकारी दिए । आगामी बजेटको सन्दर्भमा वोल्दै मन्त्रि विष्टले प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने कार्यक्रम संचालन गर्ने, सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजाने र वृद्धवृद्धाको भत्ता बढाउने गरी कार्यक्रम आउने जानकारी दिए ।
अव नेपालमा वि.सं.२०८२ साल पछि कोहि पनि भोको नरहने, कोहि पनि परिवार आवास विहिन नहुने, कोहि पनी पढ्न, स्वास्थ्य सेवावाट बन्चित नहुने गरी कानून निर्मण भैसकेको भन्दै मन्त्रि विष्टले सरकार सामाजिक न्यायका हिसावले अगाडि वढेको वताए । विष्टले स्थानिय वा राष्ट्रिय रुपमा घोषणा गरेको सवै प्रतिवद्धता ३ वर्ष भित्र सत प्रतिसत पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले बडिगाडको जल उपयोगको लागी बनाइएका योजना र कार्यान्वयनको पक्षको सन्दर्भ वारे वताए । नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले शुभकामना व्यक्त गर्दै समृद्धिलाई यसले सहयोग पुग्ने वताए । कार्यक्रम बडिगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेलको अध्यक्षता, मुसिकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रकाश काफ्लेको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

गुल्मीको मुसिकोट नगरपालिका र बागलुङको बडिगाड गाउँपालिका विचमा वग्ने बडिगाड खोलामा झक्कले एग्रो टुरीजम् रिसोर्ट प्रालिले र्याफ्टीङ चलाउन लागेको हो । पर्यटन प्रवद्र्धनको उद्धेश्य सहित सुरु भएको कार्यक्रमलाई मुसिकोट नगरपालिकाले प्रवद्र्धन गर्ने जनाएको छ । औपचारीक कार्यक्रम पछि मन्त्री विष्ट सहितको टोली बागलुङको खर्वाङबाट र्याफ्टीङ चढि गुल्मीको झेंदिसम्म पुगेका थिए । त्यहाँ मन्त्री विष्टले २ दिन अघि भत्किएको निर्माणधिन पुलको अवलोकन गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->