बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

३९ अर्ब ६ करोड ६ लाख कर सात दिनभित्र बुझाउन एनसेललाई पत्र

३९ अर्ब ६ करोड ६ लाख कर सात दिनभित्र बुझाउन एनसेललाई पत्र


  • Dhorpatan News
  • बैशाख ३ २०७६, मंगलबार

काठमाडौँ, ३ बैशाख – ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ कर निर्धारण गरेको छ । सर्वोच्च अदालतले पूर्ण फैसला पठाएको एक सातामै कर निर्धारण गरी सातदिन भित्र दाखिला गर्न पत्राचार समेत गरेको छ । ठूला करदाता कार्यालय प्रमुख धनिराम शर्माका अनुसार निर्धारण भए मध्ये २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ पहिल्यै बुझाइसकेको छ। बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ बुझाउनलाई पत्राचार भएको हो। ‘सामान्यतया अन्य कम्पनीहरूलाई कर निर्धारण गर्नुपूर्व उसको कुरा सुन्न सूचना दिने चलन थियो,’ शर्माले भने, ‘यो कर विवादमा एनसेल सहित सर्वोच्च अदालतमै पर्याप्त छलफल भइसकेकाले हामीले सोझै कर निर्धारण गरेका हौँ। अब उसले ७ दिनभित्र बाँकी कर बुझाउनुपर्ने हुन्छ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->