शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बेरुजु फर्छ्योटमा उत्कृष्ट काम गरेकोमा आईजीपी खनाल पुरस्कृत

बेरुजु फर्छ्योटमा उत्कृष्ट काम गरेकोमा आईजीपी खनाल पुरस्कृत


  • Dhorpatan News
  • बैशाख ५ २०७६, बिहिबार

काठमाडौं‌, ५ बैशाख – बेरुजु फर्छ्योटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई  पुरस्कृत गरेको छ। गृहमन्त्रालयमा बिहीबार एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापा‘बादल’ले खनाललाई नगद तथा प्रशंसापत्र प्रदान गरेका हुन्।
सबै सरकारी निकाय माध्येबाट बेरुजु फर्छ्योटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव प्रेम  राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई  आठ हजार नगद एवम् प्रशंसापत्र तथा गृहमन्त्रालयमा उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई समेत नगद ६ हजार तथा प्रशंसापत्र प्रदान गरिएको छ।
कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वलाई बधाई दिँदै भविष्यमा थप उत्कृष्ट कार्य गर्न आग्रह गरे। पुरस्कृत भएपछि महानिरीक्षक खनालले आगामी दिनमा उत्कृष्ट काम गर्दै जाने बताए। ‘पुरस्कारले थप काम गर्ने हौसला प्रदान गरेको छ’, उनले भने, ‘देशमा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रहरीका लागि याे पुरस्कार एउटा हौसला हो।’
गृहन्त्रालय र सो अन्तर्गतका निकायको आ.व.२०७३/७४सम्मको आ.व. २०७४/७५मा फर्छ्योट गरीसक्नुपर्ने सो अवधिमा ६३.०३ प्रतिशत अर्थात् चार अर्ब ३० करोड ९७ लाख रहेकोमा दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फर्छ्योट भएको छ। यस्तै नेपाल प्रहरीको आ.व.२०७३/७४ सम्मको बेरुजु ६८ करोड ४१ लाख मध्ये ८५.१४ प्रतिशत अर्थात् ५८ करोड २५ लाख बेरुजु फर्छ्योट भएको छ। बेरुजु फर्छ्योट मूल्यांकन तथा अनुगमन समितिले बेरुजु फर्छ्योटमा संलग्न उक्त अवधिमा कार्यरत प्रशासकीय प्रमुख र कर्मचारीलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्न सकिने पत्र अनुसार उनीहरुलाई गृहमन्त्रालयले पुरस्कृत गरेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->