बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बजाजको उल्टो अफर

बजाजको उल्टो अफर


  • Dhorpatan News
  • बैशाख ९ २०७६, सोमबार

पोखरा,९ बैशाख – बजाज मोटरसाइकलको अधिकृत बितरक इच्छाशक्ति अटोमोबाइल प्रा.लि.ले बजाज महाउत्सब योजनाअन्तर्गत ‘बजाज उल्टो अफर’ र बजाज एक्सचेन्ज मेला सार्वजनिक गरेको छ । कम्पनीले ‘किने पछि जित्ने होइन जितेपछि किन्ने’ नारासहित नयाँ वर्षको योजना सुरु गरेको हो ।
बजाजले ग्राहकहरुका लागि विभिन्न नयाँ अफर र योजनाहरु ल्याउँदै आइरहेको छ । यसपटक बजाजले ग्राहकहरुका लागि नयाँ वर्षको अवसरमा परम्परागत खरिद गर्ने प्रबृत्तिभन्दा केही भिन्न प्रकारको अफर ल्याएको छ ।
पहिले, ग्राहकहरुले केही सामान खरिदपश्चात मात्र नगद वा छुट पाउने गरेका थिए । तर, यस योजनाअन्तर्गत ग्राहकहरुलाई मोटरसाइकल किन्नुभन्दा अगाडि नै स्क्रयाच कार्ड प्रदान गरिने भएकोले उनीहरुले आफूले कति छुट पाउँदैछु भन्ने पहिल्यै थाहा पाउँछन् । ग्राहकहरुले बजाजको जुनसुकै मोटरसाइकलको खरिद पश्चिात फेरि छुट पनि पाउने छन् । उल्टो अफर योजना अन्तर्गत ग्राहकहरुले मोटरसाइकल किन्नुअगाडि नै एडभान्समै १ लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्ने कम्पनीले बताएको छ । ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरी यो योजनाको लाभ लिन सक्नेछन् ।
इच्छाशक्ति अटोमोबाइल प्रा.लि.का प्रबन्ध निर्देशक भगवान बिजुक्छेका अनुसार बजाजले ग्राहकहरुका लागि विभिन्न अफर र योजना ल्याएर उत्साहित बनाउँदै आएको छ ।ग्राहकहरुलाई दोब्बर खुसी प्रदान गर्ने उद्देश्यले बजाजले बजाज महाउत्सब योजना ‘बजाज उल्टो अफर’र एक्सचेन्ज मेला ल्याएको उनको बताए । । एक्सचेन्ज कार्यक्रममा बजाज कम्पनीका बाइक र स्कूटरको न्यूनतम मूल्य ३० हजार रहने छ । इच्छााशक्ति अटोमोबाइल प्रा.लि.नयाँबजारको उक्तअफर कार्यक्रम सभागृहमा बैशाख ९ गते देखि १६ गतेसम्म चलनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->