बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मनाङका होटल ब्यवसायीहरु बेकरी तालिममा

मनाङका होटल ब्यवसायीहरु बेकरी तालिममा


  • Dhorpatan News
  • बैशाख ११ २०७६, बुधबार

मनाङ, ११ वैशाख -हिमालपारिको जिल्ला मनाङको नासो गाउपालिकाको धारापानीमा सञ्चालन गरिएको १५ दिने बेकरी तालिम निकै प्रभावकारी भएको छ । होटल व्यवसाय गर्ने व्यक्तिहरू तालिममा सहभागी भएकाले सो तालिम स्थानीयक लागि उपयोगी र प्रभावकारि भएको सहभागीले वताएका छन । घरेलु तथा साना उधोग विकास समिति गण्डकी प्रदेश मनाङ र नासो गाउपालिकाको सयुक्त आयोजनामा सचालित १५ दिने वेकरी तालिमबाट सहभागीहरु पर्यटकको मागका आधारमा सामानहरू उत्पादन गर्न सक्ने भएका छन् ।
कार्यालयले राम्रो प्रशिक्षक ल्याएका कारण आफुहरूले राम्रोसग सिप सिकेको तालिमका सहभागी रत्नकुमारी गुरूङले वताईन । तालिमकै अवधिमा होटलमा आएका दुई पर्यटकको बर्थ डे परेछ, उनीहरुका लागि बर्थ डे केक वनाउन पाईयो त्यसले पयटकहरू निकै खुशी भए रत्नमायाले भनिन् । तालिमवाट रत्नमाया मात्र होईन उनी जस्ता सवै सहभागी अव आफ्नै ब्यवसाय गर्न दक्ष भएका छन । उनीहरु भन्छन, यो तालिमले हामीलाई आगामी दिनमा ब्यवसाय गर्न र आम्दानीको काम लाग्न प्रभाकारी हुने भयो ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै गण्डकी प्रदेशका सांसद चिन्ता घलेले सिकेको सिपलाई प्रयोग गरी ब्यवसायमा संलग्न भएमा आम्दानी गर्न सकिने वताए । उनले भने, काठमाडौंमा मात्र होईन मनाङमा पनि वेकरी राम्रो उत्पादन हुन्छ भन्ने सन्देश दिनु पर्दछ । कार्यक्रमका विशिष्ट अतिथि नासो गाउपालिकाका अध्यक्ष चन्द घलेले सिकेको सिपलाई आयआर्जनको रूपमा अगाडि वढाउनु पर्ने वताए । आफ्नो हातमा सिपभएपछि धेरै सामानहरू उत्पादन गरेर महिलाहरूले आत्मनिर्भर बन्न सक्छन भन्ने सन्देश यस तालिमले दिएको छ,अध्यक्ष घलेले भने, महिलालाई आर्थिक उपार्जनका लागि गाउपालिकाले आबश्यकताको आधारमा सहयोग गर्नेछ ।
घरेलु कार्यालय मनाङका प्रमुख प्रदिप न्यौपानेले सीप नहुने महिला पुरूषलाई सीप सिकाएर आत्मनिर्भर बनाई वेरोजगारी समस्या समधानका लागि तालिम निकै प्रभावकारी बनेको वताए । हामीले तालिममा राम्रा र दक्ष प्रशिक्षक ल्याएर ज्ञान र सिप दिन्छौं, तपाईहरू सिकेर व्यवहारमा प्रयोग गरिदिनुस, कार्यालय प्रमुख न्यौपानेले भने, अनि मात्र मनाङको आर्थिक रूपमा दिगो विकास हुनेछ ।
सो अवसरमा सिप सिकेर दिक्षित भएका सहभागीहरुले आगामी दिनमा आफुले सिकेको सिपलाई मनाङका अन्य गाउँका दिदिवहिनि र दाजुभाईलाई पनि सिकाउने प्रतिवद्वता जनाएका थिए । तालिमवाट वेकरीका वर्थ डे केक, कुकिज, दुनोट, किमरोल, स्नेडुईज लगायतका सामाग्री बनाउन सिकाईएको थियो । तालिममा १४ जना सहभागी थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->