काठमाण्डौँ, १६ बैशाख – लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालद्वारा आ.ब. २०७४/७५ बाट लागू हुने गरी आफ्ना बीमितहरुलाई नयाँ बोनसदर घोषणा गरेको छ ।नियामक बीमा समितिले गत आर्थिक वर्षको आर्थिक स्थितीको लेखाजोखा र दायित्वको मूल्याँकन सम्बन्धित बीमाङकीय प्रतिवेदनको आधारमा २०७६ बैशाख १५ गतेको पत्रमार्फत एलआईसी नेपालले यो नयाँ बोनसदरको स्वीकृति प्राप्त गरेको हो ।
सवै बीमा पोलिसीहरुमा बीमा अवधि अनुसार न्युनतम् बोनसदर प्रतिहजार रु. ६६ देखि अधिकतम् प्रतिहजार रु. ८५ सुनिश्चित लाभसम्म कायम गरिएका छन् । बीमितहरुका लागि यो बोनसदर नेपालको जीवन बीमा क्षेत्रकै ऐतिहासिक एवं सर्वाधिक बोनसदर रहेको कम्पनिका सचिव विनोद भुजेलले जानकारी दिए ।
कम्पनीमा कम्तीमा ५ वर्ष र वढीमा २५ वर्ष अवधिका बीमा योजनाहरु छन् । ५ वर्ष अवधिका सवै बीमालेखमा प्रतिहजार रु. ६६ बोनस, २० वर्ष अवधिको जीवन तरङ्ग (पेन्सन) योजनामा प्रतिहजार रु. ७७ बोनस र ५ वर्ष अवधिको जीवन आस्था योजनामा प्रतिहजार रु. ८५ सुनिश्चित लाभ प्रदान गरिनेछ ।





