बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कमरेड विष्णु पौडेलको मुस्कान

कमरेड विष्णु पौडेलको मुस्कान


  • भरत बागलुङे
  • बैशाख १९ २०७६, बिहिबार

प्रधानमन्त्री ओली ती लोरीका शब्द फेरि रहेका छन् जतिबेला प्रधानमन्त्रीका मुखारविन्दबाट नयाँ लोरीको उदय हुन्छ ठीक त्यहिघरी तिनको लोरीलाई कुरी कुरी गर्ने गरी हत्या, बलात्कार, लुट, भ्रष्टाचार र लोकतन्त्रको सुन्दरतामाथी नै कालो पोतिने गरी घटना दुर्घटनाहरु भइरहेका हुन्छन् । मुलुक यतिबेला भ्रष्टाचारको चर्चामा छ तर प्रधानमन्त्री भनिरहेका छन्की मुलुकबाट भ्रष्टचार अन्त गरिनेछ र त्यसलाई उठ्न नसक्ने गरी पछारिनेछ । करनी र कथनीका बीच नागरिकले निराशभावले प्रधानमन्त्रीको लोरी सुनेर उनको उत्साहि चेहेरामा एकतमाश नियाली रहेको छ, बबुरा प्रधानमन्त्री ती आप्mनै मुन्छेका कुरुप सोच, चिन्तन र व्यवहारका बीच अभिषप्त जिन्दगी घिसार्न मग्न देखिन्छन् । दलालीकरण यति गहिराईसम्म पुगेको छ, नेकपाभित्र की त्यसले दलालीकरणले धुलिसात बनेको काँग्रेसलाई पनि गिज्याउने अवसर सिर्जना गरेको छ । नेकपाको डबल सरकार कहाँनेर कुन अल्झनमा छ यतिबेला नागरिक आशाका त्यान्द्रा मनमा सज्याएर सडक, सदन र सामाजिक संजालमा काँग्रेसले गाइरहको लोरी सुनेर सोधिरहेको छ ओली बा डबल सरकारका हात खुट्टा र त्यसको आत्माको रुकस्याकमा कसले चाबी लगाई दियो र तिमी शीर्फ सपनामात्र बाँडिरहेछौ अझै?

प्रधानमन्त्री ती खिस्स हाँसिरहेका छन् छेउमै विराजमान छन् नेकपाका महासचिव कामरेड विष्णु पौडेल ती पनि मुस्कुराउँछन् । प्रधानमन्त्रीको हाँसोमा गज्जब चमक छ, उनको बोलीमा गज्जब रस छ र उनको अठोट, उत्साहमा गज्जब उर्जा छ तर त्यो कामरेड विष्णु पौडेलको सम्मुख धरासायी बनिरहेको छ । भूईंदेखि केन्द्रसम्म कामरेड विष्णु पौडेलहरु जीवित छन्, नागरिक बबुरो सोधिरहेको छ कामरेड विष्णु पौडेल तिनका निधारमा टाँस्सिएको बालुवाटार काण्डको तिलकमा बाहिर काँग्रेस सडकमा लोरी गाएर दुनियाँलाई चमक दिईरहेको छ, कामरेड विष्णु पौडेल ती सफाईका पुलिन्दा बोकेर कम्युनिष्ट संस्कारको मलामी हिंडीरहेका छन्, मैले जग्गा किनेर लिएको हुँ, गोपी कृष्ण कहु गोपी कृष्ण कहु ती त्यही गीत गाईरहेका छन् बस् ।

कामरेड विष्णु पौडेल तिनको जिन्दगीको सुन्दरता सकिएको छ, सुन्दरता सकिएको मान्छेको शरिरमा लिपिष्टिक लगाएर प्रधानमन्त्री ओली नयाँ औतारको सिर्जनामा तल्लिन छन, प्रधानमन्त्रीको यहि विचित्र दर्शनको भरपुर फाइदा उठाएर काँग्रेसीहरु रत्यौलीको मेलोमा नारिएर उफ्रिरहेका छन् कस्तो गज्जब दृष्य छ यो, अस्वस्थताले घाटमा पु¥याएको काँग्रेस जसको शरिमा मधुमेह छ, प्रेशर छ, क्यान्सर छ, लुतोले कुहिएको शरिरमा सन्निपातले गाँजेको छ, अहो कुहिएको शरिरमा सत्ताले भरेको पाइन यति तेज छ जसले सत्ताका विरुद्ध उ पनि सडकमा उभिन सकेको छ, यो नै यो शताब्दिको सबै भन्दा उत्कृष्ट जोक्स हुनुपर्छ की कुहिएको हात पनि सुन्दरताको पक्षमा उठिरहेको छ कामरेड विष्णु पौडेल यो तपाईंको देन हो विष्णु पौडेल फेरी पनि मुस्कुराउँछन् । उनको मुस्कानभित्र असंख्य रहस्यहरु छन्, दलालीकरणका असंख्य चाङहरु छन्, ती बबुरा तिनले दुईचार आना जग्गा दुईचार लाख रुपैयाँमा खरिद गरेका थिए तर त्यसको आवरणभित्र भएका लुटका किस्सा सुन्दै जाँदा काँग्रेस र नेकपाको जीवन नै पुरै विरुप स्वरुपमा रुपान्तरण हुन जान्छ, कसरी चलिरहेको छ देश, कसरी निर्माण भइरहेका छन् आलिशान महल, कसरी काँग्रेस यतिबेला सत्ताविहिन हुनुको पीडामा गलेको शरिर र मस्तिष्क बोकेर अवैध इलेक्ट्रोनिक्स पोर्टलको खेतीमा मग्न देखिन्छ । मुलुकको सबै भन्दा पुरानो लोकतान्त्रिक पार्टीको टोप पहिरेर बाँचिरहेको यो रोगी पार्टीको चालढाल, लवज हेर्दा र सुन्दा बैराक लाग्दो छ ।

सरकारले यातायातको सिन्डिकेट हटाउँछ काँग्रेस लुटेरा सिन्डिकेटवालाको पहरेदारी गर्छ, सुनकाण्ड हुन्छ मुलुकमा काँग्रेस तस्करहरुको पक्षमा वकालत गर्छ, जहाजमा लुट हुन्छ काँग्रेस सत्यलाई तोडमरोड गरेर सामाजिक संजालमा तुफान उठाउँछ, समयमा काम नसक्ने र गुणस्तरहिन काम गर्ने ठेकेदारलाई कारवाही गर्दा काँग्रेस ठेकेदार नामका ठगदारहरुको पक्षमा दुन्दुभी मच्याउँछ, सरकारले तरकारीमा भइरहेको विचौलियाहरुको मनोमानीको अन्त गर्न र किसानहरुको हकहितमा काम गरिरहँदा काँग्रेस तिनै विचौलियाहरुको हकहितको संरक्षण गर्छ, मुलुकमा कयौं बलात्कार र हत्या भइरहेका छन् प्रहरीले गरिरहेको अनुसन्धानमा काँग्रेस मानवअधिकारको ढंका पिट्दै अवरोध खडा गरिरहेको छ, अनि सरकार काँग्रेसले गाइरहेको आप्mनै चरित्र हत्याको लोरी सुनेर मुसुक्क मुस्कुराईरहेको छ क्या बात् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->