बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘प्रसाद’ होइन नागरिकता !

‘प्रसाद’ होइन नागरिकता !


  • राजेशचन्द्र राजभण्डारी
  • बैशाख २३ २०७६, सोमबार

अहिले तराईका जिल्लामा नेपाली नागरिकताकाे प्रमाणपत्र लिनेहरूकाे भिड लागेको दृश्य हेर्न लायक छ ।साच्चै यतिबेला तराईमा अाएकाे हावाहुरीले घरवारविहीन भएर राहत लिनकाे लागि लागेकाे लाइन भन्दापनि ठूलो लाइनमा नेपाली नागरिकताकाे प्रमाणपत्र लिने कामले निरन्तरता पाएकाे छ ।

साच्चै नेपाली नागरिताकाे प्रमाणपत्र भनेको भुकम्प पिडित बाढी पिडितहरूलाइ जस्तो चाउचाउ चिउरा राहतमा बितरण गर्ने चिज बनेको छ ।अहिले नेपाल सरकारले नेपाली नागरिकले बंशजकाे अाधारमा नागरिकता पाउने बाटो खाेलि दिएपछि यसको केही राजनीति दलले बिराेध गरे नेपालकाे सर्बोच्च अदालतमा मुद्दा पनि हाल्ने काम भयो तर त्यो सबै हावामा उडे ।अहिले झन संस्थागत रूपमै नागरिकता जिल्ला प्रशासन कार्यालय बाट प्रमुख जिल्ला अधिकारी कै हस्ताक्षरमा दिने काम धमाधम भइरहेको छ ।हाे साच्चै नेपाली नागरिकले नागरिकताकाे प्रमाणपत्र सहज रूपमा पाउनुपर्छ त्यो कुरामा अन्यथा छैन।
अहिले तराईका जिल्लामा नागरिकता लिनेको भिड देख्दा पशुपतिनाथ मन्दिरमा शिवरात्रीकाे मेलामा पुजा गर्न बसेकाे लाइन भन्दापनी बढी भिड देखिन्छ ।साच्चै नेपाली नागरिकले नागरिकता सहज रूपमा पाउनुपर्छ त्यो कुरामा कुनै अन्यथा छैन तर अहिले बसेकाे लाइन हेर्दा धेरै जसाे छिमेकी मुलुक भारतकै नागरिक हुन र छन् भन्दा अन्यथा हुनेछैन ।

नागरिकता भनेको सातु बाड्नु जस्तो हैन जसले जतिसुकै बेला सहजरूपमा पाउने अहिले तराईको प्रमुख समस्या भनेको नागरिकता कै देखिएको छ जुन जहिल्यै पनि चलिरहने त्यहाँका राजनीतिदल नेताको राजनीति मात्रै नागरितामै सिमित छ ।२०४६ सालपछि अहिलेसम्म अाउदा
सय हैन हजार पनि हैन लाखौं तराई बासीले नेपाली भएको झुठो प्रमाण पेश गर्दै नेपाली नागरिता लिइ सकेका छन् ।अहिले नागरिता लिने भिडकाे संख्या हेर्ने हाे भने सानोतिनो कुम्भ मेला नै लागेको छ मधेसमा साच्चै हाम्रो सरकार कतिसम्म लाचार छ निरीह छ भन्ने ज्वलन्त प्रमाण हाे यो ।अहिले तराईमा बितरण गरेको नागरिकता प्रमाणपत्र भाेली नेपाल र नेपालीको लागि अाफ्नाे खुट्टामा अाफै बन्चरो हानेको साबित हुनेछ ।
अहिले मुलुकमा राष्ट्रवादी छवि भएको भनेर चिनिने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शक्तिशाली अध्यक्ष केपी शर्मा अाेली प्रधानमन्त्री छन् तर काम भने एकनम्बरकाे राष्ट्रघाँटी छ भनेर यहाँ भनिरहन अावश्यक छैन अब ।

नेपालमा २०६४ सालमा संबिधान सभा बन्यो तर संविधान बनाउन नसकेर त्यो भंग भयाे दाेस्राे चाेटी बनेको संबिधान सभाबाट संबिधान घाेषणा गर्ने समयमा छिमेकी मुलुक भारतले ठूलो दवाब दियो संबिधान जारी नगर्न कित अाफुले भने बमोजिमकाे संबिधान जारी गर्न तर त्यो कुरा नेपालका राजनीति दलले नमानेपछि जबर्जस्ती रूपमा संविधान घाेषणा गरे तर छिमेकीले मधेसी दललाई उचालेर नाकाबन्दी लगाउने काम गर्न पछि परेन फेरि संबिधान संशोधनकाे हल्ला मच्चाउन थाले अहिले नागरिकता बितरण देखि एक मधेस एक प्रदेश कै मुख्य एजेन्डा बनाउने काम गरेको कुरा दुनियाँलाई छर्लङ्ग संग थाहा छ ।

अहिले नागरिकता प्रमाणपत्र सत्यनारायणकाे प्रसाद बाडे जसरी बाड्ने जुन काम गरिरहेकाे छ यसले भाेली नेपाली नागरिकता लिएका हिजाेका राजेन्द्र महताे जस्तै लाखौं भारतीय नागरिकले नेपाली भएको भन्दै राजनीति देखि सबै काम कुरामा अधिकार जमाउने निश्चित छ ।अहिले तराईमा जनसंख्याको अाधारमा निर्वाचन सिट छुट्टाउने काम गरिएको छ भाेली बैधानिक रूपमा नेपाली टाेपी लाएर नेपालीको टाउकोमा बुथ लाथी बर्साउने निश्चित छ ।अाफुलाइ राष्ट्रवादी भनेर दावी गर्ने मनुवाहरू छिमेकी प्रभुकाे अगाडि मात्रै दास हुन् त्यो भन्दा अर्को केही हैसियत छैन भन्ने कुराकाे यो बलियो प्रमाण हाे ।

बिदेशमा नागरिकता पाउन त्यति सजिलो छैन अाज बिबाह गरे भाेलीपल्टै नेपाली नागरिकता पाई हाल्ने यसको लागि निश्चित समय पार गर्नुपर्ने हुन्छ ।अहिले बंशजकाे अाधारमा नागरिकता बितरण गर्दा नेपालका धेरै जसाे साशक अाँखामा पत्ती बाँधेर हेरिरहेका छन् बिराेध गरे अहिले खाइ पाई अाएकाे प्रधानमन्त्री मन्त्री देखि सांसदपद समेत फुस्किएला भन्ने पिर हैन भने एमालेका नेता मदन कुमार भण्डारी र जीवराज अाश्रीत जसरी दुर्घटनामा मर्नु पर्ने अबस्था अाउने धेरै नेताहरूकाे राेजी राेटी खाेसिने छाेराछाेरीकाे छात्रवृत्ति खाेसिने यावत कारणले पनि छिमेकी भारतले जेजे भन्यो त्यो त्यो मान्नुकाे बिकल्प छैन ।

राष्ट्रिय जनमाेर्चाका नेता चित्रबहादुर केसीले भने झै भारतीयलाई नेपाली नागरिकता दिएर देशलाई सिक्किम करण तर्फ उन्मुख भइरहेको भन्ने कुरा अहिले कसैलाई वास्ता छैन पछि जब बैधानिक रूपमै नेपाल छिमेकीको इसारा अनुसार गाभिने दिन अाउछ त्यो बेला हामी पछुतो मानेर केही हुने वाला छैन ।
नेपाली हामी रहुला कहाँ नेपालै नरहे नेपालै नरहे भन्ने पुरानो नेपाली गीतकाे मर्म र धर्म लाई जबसम्म अात्मासाथ गर्न सक्दैनौं तबसम्म मात्रै खाेक्राे राष्ट्रियताकाे नाराले केही हुनेवाला छैन ।कुरा राष्ट्रवादकाे गर्ने ब्यबहार भने लम्पसारवादकाे गर्ने भएको हुनाले सबै कुरा बिग्रेको हाे ।
नागरिकताकाे प्रमाणपत्र भनेको बाढीपीडित लाई राहत बितरण गर्ने बस्तु अबश्य पनि हैन अहिले इतिहास कै सबैभन्दा शक्तिशाली सरकार भनेर प्रचारप्रसार भइरहेको बेला अहिले इतिहासमै कहिले पनि नभएको खेलमा सरकार लागेर छिमेकी मुलुकका नागरिकलाई नागरिकता दिने काम भइरहेको छ यो अधिकार भनेकाे उसको लागि राजनीति अधिकार सामाजिक अधिकार सबै खालको अधिकार हाे भाेली संसदमा तिनै नेपाली नागरिकता बाेकेका भारतीय नागरिक निर्वाचन बाट अाउने छन् अनि तपाईं हामी माथि शासन गर्ने छन् ।गाउँ गाउँमा पनि तिनैको राज चल्नेछ अनि हामी नेपाली लाटोले केरा हेरे जसरी
हेर्न बाध्य हुने छाै ।
नेपालकाे संविधान २०७२ मा नागरिकता सम्बन्धि स्पष्ट रूपमा लेखिएको छ ।कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बन्चित गरिने छैन ।यो संविधान प्रारम्भ हुदाका बखत नेपालकाे नागरिकता प्राप्त गरेका र यश भाग बमोजिम नागरिकता प्राप्त गर्न याेग्य ब्यक्तिहरू नेपालकाे नागरिक हुनेछन् भनेर स्पष्ट रूपमा लेखिएको छ ।अहिले संबिधानले भने बमोजिम भन्दापनी फरक ढंगले भारतीय नागरिक लाई नागरिकता दिने ग्राहीन डिजाइन अनुसार काम भएको छ जुन नेपाल र नेपालीको लागि दुरभाग्य हाे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->