बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनप्रतिनिधिको अल्लो मोह

जनप्रतिनिधिको अल्लो मोह


  • Dhorpatan News
  • बैशाख २८ २०७६, शनिबार
allo bundai

बागलुङ २८ बैशाख – वडा तहका जनप्रतिनिधिको काम योजनाहरुको अनुगमन र वडा अध्यक्षलाई सघाउने हो । त्यो बाहेक खासै सामाजिक काममा देखिनु नपर्ने भएपछि ताराखोलाकी वडा सदस्य अल्लो बुनेर दैनिकी चलाउँछिन् ।
ताराखोला गाउपालिका ५ की वडा सदस्य सपनादेवी बुढा उमेरले ५५ बर्ष पुगिन् । बुढ्यौली लागेपनि वडा सदस्यको रुपमा गर्ने जनप्रतिनिधिको काम स“गै उनको व्यस्तता व्यवसायमा पनि छ । तन्नेरीझै उनले दैनिक धेरै काम भ्याउ“छिन् । वडा र गाउँपालिकाले लगाएका काम भने उनले सबै भ्याएर नियमित अल्लो बुन्ने काम पनि गरिरहेकी हुन् । जंगलमा पुगेर चाल्ने सिस्नो (अल्लो) ल्याउने, प्रशोधन गर्ने र धागो कात्ने काममा उनको दैनिकी बित्छ । २० बर्षदेखि उनी यो पेशामा रमाईरहेकी छिन् । जंगलमा प्रसस्त पाईने अल्लो कातेर बनाईने धागोको माग बढेकोले कामलाई निरन्तरता दिएको बताईन् ।
अल्लोका कपडा हेर्दा आर्कषक भने हु“दैनन् । बलियो र गुणस्तर हुने भएकोले धेरैले रुचाउ“नछन् । सिस्नोको लोकता निकालेपछि पिठो मिसाएर पकाउने, खोलामा लगेर पखाल्ने, कुटेर धुलो पार्ने र सुकाएपछि कातेर धागो निकाल्ने चरण पुरा भएपछि मात्र अल्लोका कपडा बुन्न मिल्छ । ‘काम सजिलो छैन, तर जंगलको सिस्नोलाई कपडा बनाएर बजारमा बिक्री गर्दा राम्रो कमाई पनि हुन्छ’ बुढाले भनिन्, ‘जैबिक उत्पादनको कपडाबाट आम्दानी र रोजगारीपनि मिलेको छ ।’
ताराखोला ४ लेबाङ स्थित जुनतारा साना लघु उद्यम समूहमा बुढा सहितका १४ उद्यमी महिला सहभागि छन् । हरेकले बर्षेनी अल्लो धागो कातेर २ लाख देखि ५ लाख रुपैया“ सम्म कमाउ“छन् । ‘घरघरमा उद्यमी बनाउने अभियानमा अल्लोका समूहले पनि साथ दिएका छन्’ गाउ“पालिका अध्यक्ष प्रकाश घर्तीले भने, ‘स्थानीय उत्पादनबाटै आत्म निर्भर बनाउने अभियानमा वडा र टोलटोलमा नया“ प्रकारका उद्यम संचालनमा पहल गरेका छौं ।’ लेवाङ जस्तै सोनाम अल्लो कपडा उत्पादन समूहमा पनि १५ जना भन्दा धेरै महिला उद्यमी आबद्ध छन् । उनीहरुले धागो कात्ने मात्र नभई कपडा बुन्ने काम गर्छन् । पच्छ्यौरा, स्विटर, कोट, झोला, सल बनाइरहेका उद्यमीले अल्लोकै जुत्ता पनि बनाउन थालेका छन् ।
बजारमा अल्लोको जुत्ताले निकै चर्चा पनि पाएको छ । अल्लो कपडा मात्र प्रयोग गरेर जुत्ता बनाएर विक्रि गरेको समेत नेपालमै पहिलो भएको उनीहरुले दावी गरेका छन् । यहा“ पुरुषलाई प्रयोग हुने बस्तु पनि उत्पादन शुरु भएको हो । ‘नया“ उत्पादन र पुरुषहरुले पनि प्रयोग गर्न मिल्ने अल्लो सामाग्री बनाउन जुत्ता बनाउन शुरु गरेका हौं’ सोनाम अल्लो समूहकी सदस्य भिमा रोकाले भनिन्, ‘पहिलो पटक भएकोले धेरै बनाएका छैनौं, अर्को बर्ष बढाउ“दै लैजाने योजना छ ।’ उनीहरुले दुइ हजार पा“चसय रुपैया“मा अल्लोको जुत्ता बिक्रि गरिरहेका छन् । लेबाङका समूहमा आवद्द धेरै महिलाले सोनाम समूहमा धागो दिने गरेको अध्यक्ष जसमती रोकाले बताईन् ।
ताराखोलामा मात्र अल्लोको धागो कात्ने, कपडा बुन्ने लगायतको काम गर्ने ३० महिला उद्यमी छन् । अल्लो प्रशोधनको क्रममा सघाएर रोजगारी पाउने ५० बढी भएको रोकाले बताईन् । परिवारका अन्य सदस्यलाई पनि काम सिकाईरहेको अर्की उद्यमी दिलमाया रोकाले बताईन् । लघुउद्यम बिकास कार्यक्रम मार्फत दशक अघिदेखि ताराखोलामा धागो उत्पादन र कपडा बुन्ने काममा सहयोग भएको थियो । तालिम, घरेलु मेसिन र बजारीकरणका लागि जिल्ला लघुउद्यमी समूह संघ, संगम तालिम तथा परामर्श केन्द्र र गाउ“पालिकाले सहयोग गरेको हो । गाउ“पालिकाले दुवै समूहमा हाते मेसिन सहयोग उपलब्ध गराएको छ ।
‘पूर्ण रुपमा बिकास भएको अल्लो संकलन गर्ने उपयुक्त मौषम मंसिर र पुस होे’ समूहकी अर्की सदस्य पूर्णमाया बुढाथोकीले भनिन्, ‘बार्षिक हरेकले दुइ तीन लाख रुपैया“ कमाउने बन्नुपर्छ भन्ने मान्यता राखेका छौं ।’ केही महिलाले घरधन्दामा लागेकोले सोचेजस्तो कमाई गर्न सकेका छैनन् । समय दिएर काम गर्दा सबैले राम्रो कमाई गर्न सक्छन् । बजारमा अल्लो कपडा प्रति मिटर ५ सय रुपैया“ सम्म बिक्री हुन्छ । पर्यटकीय स्थानमा लैंजादा त्यो भन्दा धेरै कमाई गर्न सकिने सोनाम अल्लो उद्यमी समूहकी अध्यक्ष बिष्णु रोकाले बताईन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->