शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

श्रीस परिवारलाई बागलुङ समाज पोखराको ५२ हजार सहयोग

श्रीस परिवारलाई बागलुङ समाज पोखराको ५२ हजार सहयोग

संसारका विरलै मान्छेलाई लाग्ने पेमाफिगस भलगरोस रोगको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराउदै गर्दा श्रीसको गत वैशाख १६ गते निधन भएको थियो ।


  • Dhorpatan News
  • जेष्ठ ६ २०७६, सोमबार

बागलुङ, ६ जेठ – उपचारको क्रममा मृत्यु भएका बागलुङ जैमिनी–१० राङखानीका निजि विद्यालयका प्रिन्सिपल मिमवहादुर श्रीसको परिवारलाई बागलुङ समाज पोखराले आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष कुलचन्द्र शर्माले मृतक श्रीसकी कान्छी छोरी नविना श्रीसलाई सोमवार पोखरामा नगद रु. ५२ हजार ५ रुपैयाँ प्रदान गरे । सो रकम समाजको संयोजनमा संकलन गरिएको हो ।
छोरीलाई नगद प्रदान गर्दै शर्माले विपतमा परेका र न्यून आय भएकाहरुलाई समाजले सहयोग उपलब्ध गराउदै आएको वताए । ‘यो हाम्रो सानो सहयोग हो, अध्यक्ष शर्माले नगद प्रदान गर्दै भने, हामीले गुरुका परिवारलाई भविष्यमा पनि सहयोग गर्नेछौ ।’
‘श्रीस स्थानीय नीजि विधालयको प्रिन्सिपल मात्रै नभएर समाजसेवी पनि हुनुहुन्थ्यो, समाजका पदाधिकारी र पत्रकारको विचमा आफन्तहरुलाई साक्षी राखेर अध्यक्ष शर्माले भने, उहाँका छोराछोरीको उच्च शिक्षाका लागि पनि आवश्यक सहयोग गर्नेछौ ।’ समाजले जिल्लावासीलाई आपतविपत पर्दा आर्थिक लगायत विभिन्न सहयोग गर्दै आइरहेको छ ।
राङखानी इङलिस बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल रहेका श्रीसलाई छाला रोग ‘पेमाफिगस भलगरोस’ लागेको थियो । संसारका विरलै मान्छेलाई लाग्ने सो रोगको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार गराउदै गर्दा श्रीसको गत वैशाख १६ गते निधन भएको थियो । उनका दुई छोरी र एक छोरा रहेका छन । छोरीहरुले भरखरै दश जोड दुईको परिक्षा दिएका छन भने छोरा स्थानीय राङखानी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->