बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

रोयल सहकारीको १८औं वार्षिकोत्सव

रोयल सहकारीको १८औं वार्षिकोत्सव


  • Dhorpatan News
  • जेष्ठ ९ २०७६, बिहिबार

पोखरा,९ जेठ – पोखरा रोयल सहकारी संस्था लिमिटेडको १८औं वार्षिकोत्सव एक कार्यक्रमबीच मनाएको छ । संस्थाले वार्षिकोत्सबको अवसरमा संस्थाको प्रधान कार्यालय पोखरा १० बुद्धचोकमा आयोजना गरेको खुल्ला रक्तदानमा १ सय २ युनिट रगत संकलन भएको छ । संस्थाका अध्यक्ष तुलसी प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष डि.बि. बस्नेतले सहकारी संस्थाले वित्तीय कारोबारमा मात्र सीमित नभएर सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष रुद्रकुमारी गुरुङले र कार्यक्रम सञ्चालन संस्थाका सचिव भीम बहादुर गुरुङले गरेका थिए । संस्थाको प्रधान कार्यालय वुद्धचोक सहित महेन्द्रपुल सेवाकेन्द्र र लेखनाथ सेवाकेन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको छ । हाल संस्थामा ५ हजार २ सय ४३ जना सदस्य, १८ करोड ४९ शेयर, १ अर्ब १९ करोड बचत, १ अर्ब २१ ऋण रुपैयाँ लगानी छ । विभिन्न कोषमा १४ करोड गरी १ अर्ब ६६ करोड कुल सम्पत्ती रहेको सचिव भीम गुरुङले जानकारी दिए । ३५ जना कर्मचारीलाई प्रत्यक्ष रोजगार प्रदान गरिरहेको र सहकारी विभाग र नेफस्कुनले ल्याएको प्रोवेशन कार्यक्रममा समेत सहभागिता जनाएको संस्थाका मुख्य प्रबन्धक मीलन ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->