बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

धौलागिरी बहुमुखी क्याम्पसका बिद्यार्थीलाई शेयर बजार सम्बन्धी एक दिने तालिम

धौलागिरी बहुमुखी क्याम्पसका बिद्यार्थीलाई शेयर बजार सम्बन्धी एक दिने तालिम


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०७६, मंगलबार

बागलुङ, १४ जेठ – धौलागिरी बहुमुखी क्याम्पसका बिद्यार्थीलाई शेयर बजार सम्बन्धी एक दिने तालिम दिइएको छ । स्नातक र स्नातकोत्तर तहमा व्यवस्थापन संकाय अध्ययन गरेका बिद्यार्थिलाई लक्षित गरेर तालिम दिइएको हो । दिब्या सेकुरिटीज एण्ड स्टक हाउसले उनीहरुलाई तालिम दिएको हो ।

२७ बिद्यार्थी सहभागि तालिममा नेपालमा भएको शेयर बजार, स्टक एक्स्चेन्ज तथा शेयर क्षेत्रका बिषयमा प्रशिक्षणा दिइएको हो । सेकुरिटिजका शाखा इन्चार्ज कुमार शर्माले बिद्यार्थीलाई सहजीकरण गरेका थिए बागलुङमा अहिले सम्म एक मात्र कंपनीले शेयर कारोवार गर्दै आएको छ । शेयर खुल्दा बैंकमा गएर लाइन बस्नुपर्ने बाध्यता यो संस्थाले हटाएपछि युवाहरुमा आर्कषण पनि बढेको थियो । संस्थाले गर्ने काम र शेयर बजारमा लाग्न प्रेरित गर्न तालिम गरिएको क्याम्पसका प्राध्यापक बिप्लब शर्माले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->