शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पूँजी तथा वस्तु विनिमय बजार समन्धि अन्तरक्रिया

पूँजी तथा वस्तु विनिमय बजार समन्धि अन्तरक्रिया


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०७६, मंगलबार

बागलुङ,१४ जेठ – बागलुङमा पूँजी बजार तथा वस्तु विनिमय बजार समन्धि जनचेतना अभिबृद्दि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।नेपाल धितोपत्र बोर्डको आयोजना ,रास्ट्रीय वाणिज्य संघ बागलुङको सह आयोजना तथा दिब्या सेकुरिटीज एण्ड स्टक हाउसको समन्वयमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले पहिले भन्दा शेयर कारोबार सहज बनेको र सर्वसाधारणको समेत पहुच पुग्न थालेको भन्दै खुसी व्यक्त गरे । प्रजिअ क्षेत्रीले शेयर कारोबार तथा जनचेतना मूलक कार्यक्रम जिल्लाका ग्रामीण भेगमा केन्द्रित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले शेयर बजारमा क्रमस सुधार हुदै गएको र अव अनलाइन मार्फत कारोबार गर्ने तैयारी सुरु भएको जानकारी दिए ।
कार्यक्रममा धितोपत्र बोर्डका अम्विका प्रसाद गिरीले कार्यपत्र प्रस्तुत गरेका थिए । लगानीकर्ताको तर्फ देखि शिक्षक घनश्याम रिजालले बोलेका थिए । सहभागीको जिज्ञासा र गुनासोको धितोपत्र बोर्डका रेवत बहादुर कार्किले सहजीकरण गरेका थिए । साथै उनले नेपालमा भएको शेयर बजार, स्टक एक्स्चेन्ज तथा शेयर क्षेत्रका बिषयमा सहभागीलाइ जानकारी गराएका थिए ।
कार्यक्रम नेपाल रास्ट्रीय बाणिज्य संघ बागलुङका अध्यक्ष भवनराज बरालको अध्यक्षता , दिब्या सेकुरिटीज एण्ड स्टक हाउसका शाखा इन्चार्ज कुमार शर्माको स्वागत तथा धितोपत्र बोर्डका राजीव जिसीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->