बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

फिस फेस्टिबलमा २ हजार केजी माछाको कारोबार

फिस फेस्टिबलमा २ हजार केजी माछाको कारोबार


  • Dhorpatan News
  • जेष्ठ १४ २०७६, मंगलबार

पोखरा,१४ जेठ – पोखरा महागनरको बेगनासतालमा जारी पाँचौ संस्करणको फिस फेस्टिबलको दोश्रो दिन मंगलबार प्रतिकुल मौसमका बाबजुद पनि दर्शकहरुको सहभागिता रह्यो ।फेस्टिबलमा मंगलबार कलाकारहरु जीवन दाहाल, शिवहरी ढुंगाना, सुनिता नेपाली, पुजा गुरुङ्ग, मन्जु चापागाई, एक वहादुर क्षेत्री लगायतले आफ्नो प्रस्तुती राखेका थिए ।

फिस फेस्टिबलमा मंगलवार करिव २ हजार केजी माछाको कारोबार भएको प्रचार प्रसार समितिका संयोजक दामोदर भक्त थापाले जानकारी दिए ।उनले उद्घाटनको दिन सोमबार खराव मौसमका कारण फेस्टिबल केही प्रभावित भए पनि मंगलवार भने सुचारु रहेको बताए । उनले जेठ २० गतेसम्म आयोजना गरिएको फिस फेस्टिबलमा माछा, ताजा तरकारी, जडिवुटि सहित खानाका विभिन्न परिकारका स्टलहरु राखिएको जानकारी दिए । महोत्सव ४० हजार दर्शकले अवलोकन गर्ने र २८ लाख आम्दानी हुने लक्ष्य सहित आयोजना गरिएको थापाले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->