बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

खुल्यो भूकम्पपछि बन्द रहेको तातोपानी नाका

खुल्यो भूकम्पपछि बन्द रहेको तातोपानी नाका

नेपालमा लगानी गर्न र नेपाललाई सहयोग गर्न चीन सधैँ तयार


  • Dhorpatan News
  • जेष्ठ १५ २०७६, बुधबार

काठमाडौं, १५ जेठ – गणतन्त्र दिवसको दिन पारेर भूकम्पका कारण चार वर्षदेखि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आजबाट सञ्चालनमा आएको छ । बुधबार बिहान ना. ६ ख ६४५१ नम्बरको कन्टेनर भ्यानले नेपालमा ऊन ल्याएसँगै नाका औपचिारिकरुपमा सुचारु  भएको हो । तातोपानी नाका सुचारु गर्नका लागि नेपालकातर्फबाट उद्योग वाणिज्य मन्त्री मात्रिका यादव, सांसद अग्निप्रसाद सापकोटा र  चीनका वाणिज्य उपमन्त्री झाङ जिङचेन र नेपालका लागि चिनियाँ राजदूत  होउ यान्छीले संयुक्तरूपमा नाकाको उद्घाटन गरेका हुन।
नाका खुलेसँग बुधबार नै खासाबाट ऊन बोकेका ४ कन्टेनर नेपाल आउँदै गरेको र नेपालबाट हस्तकलाका सामान बोकेका २ ट्रक चीनतर्फ जाँदै गरेका छन् । मन्त्री मात्रिका यादवले तातोपानी नाका खुलेसँगै नेपाल ल्याण्डलकबाट ल्याण्डलिंक मुलुक भएको टिप्पणी गरे । मन्त्री यादवले औपचारिक कार्यक्रममा बोल्दै चारवर्षदेखि हराएको स्थानीयको खुसी नाका खुलेसँगै फर्किएको बताएका छन् । उनले नेपालमा भइरहेको व्यापारघाटा कम गर्न चीनको सहयोगमा उत्पादनमा लाग्न अग्रसर हुने बताए । यादवले चीनलाई नेपालमा विकास निर्माणका कार्यमा सहयोग गर्न र उद्योगमा लगानी गर्न पनि आग्रह गरेका छन् ।साथै चिनीयाँ उपवाणिज्यमन्त्री झाङ जिङचेनले तातोपानी नाकाको महत्व व्यापारिक रुपमा मात्र नभएर ऐतिहासिक र सांस्कृतिक रुपमा पनि रहेको बताए । उनले भने, ‘तातोपानी नाकालाई ऐतिहासिक र सांस्कृतिक रुपमा जोडेर सञ्चालन गर्नु पनि आवश्यक छ । ‘ उनले चीन नेपालमा लगानी गर्न र नेपाललाई सहयोग गर्न सधैँ तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->