काठमाडौं, १५ जेठ – अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुत्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को बजेट पेश गर्दै नेपाल विदेशी लगानीकर्ताको आकर्षक गन्तव्य बन्ने आधार तय भएको बताएका छन् । उनले नेपालमा २ अंकको आर्थिक वृद्धिदर हुने आधार पनि तय भएको दाबी गरेका छन्। नेपालले पूँजिगत खर्च कम भएकाले त्यसलाई बढाउनका लागि थप मेहेनत गर्नुपर्ने पनि उनले बताएका छन् ।
सरकारले जेष्ठ नागरिकलाई दिँदै एको वृद्ध भत्ता एक हजार रुपैयाँ बढाएको छ । बुधबार अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणमा एक हजार वृद्धभत्ता बढेको घोषणा गरेका हुन् । अब ७० वर्ष माथिका सबै जेष्ठ नागरिकले मासिक तीन हजार रुपैयाँ पाउने छन् । यसअघि दुई हजार रुपैयाँ मात्र पाउँदै आएका थिए । यसबाट १३ लाख प्रत्यक्ष लाभान्वित हुनेछन् ।





