बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बजेट भाषण : कृषिमा ६४ अर्ब ८० करोड विनियोजन

बजेट भाषण : कृषिमा ६४ अर्ब ८० करोड विनियोजन


  • Dhorpatan News
  • जेष्ठ १५ २०७६, बुधबार

पोखरा, १५ जेठ – सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा कृषि क्षेत्रका लागि ६४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्। आगामी आर्थिक वर्षमा कृषिलाई आधुनिक, विशिष्टिकृत र व्यवासायीकरण बनाइने बताउँदै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ८ अर्ब १० करोड विनियोजन गरेका छन्। आलु, प्याज, अण्डा, मासु, तरकारी, प्रमुख खाद्यान्नवालीमा मुलुकलाई आत्मनिर्भर बनाएर करार खेती, मलमा ५० प्रतिशत अनुदानलगायतको सुविधा प्रदान गरिने अर्थमन्त्री खतिवडाले घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->