बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बजेट भाषण : आफ्नो गाउँ, आफैं बनाऊ’ नारा ब्यूँताइयो

बजेट भाषण : आफ्नो गाउँ, आफैं बनाऊ’ नारा ब्यूँताइयो


  • Dhorpatan News
  • जेष्ठ १५ २०७६, बुधबार

पोखरा, १५ जेठ – साढे दुई दशकअघिको सरकारको लोकप्रिय कार्यक्रम ‘आफ्नो गाउँ आफैं बनाऊ’ नारालाई रोजगार सिर्जनामा परिणत गर्दै ब्यूँताइएको छ । युवा श्रमशक्तिलाई आफ्नै गाँउको विकास गर्ने गरी सरकारले बजेट विनियोजित गरेको छ । रोजगार सिर्जना र श्रमको लागि ७ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो । अर्थमन्त्री डा.युवराज खतिवडाले संघीय संसद्‌मा आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्दै रोजगार सिर्जना गर्न विशेष प्राथमिकता दिइएको बताए। प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि मात्रै ५ अर्ब १ करोड रुपैयाँ छुट्टयाइएको छ। विरोजगार युवालाई स्वरोजगार बनाउन बिऊ पुँजीसमेत राखिएको उनले बताए। बेरोजगारमुक्त कमैया, हलियाको लागि विशेष रोजगार कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम ल्याइउने बजेटमा उल्लेख छ। आन्तरिक श्रम बजारको मागअनुसार सीपयुक्त जनशक्तिको उत्पादन गर्ने, असल औद्योगिक सम्बन्ध कायम गर्ने, बैंकिङ प्रणालीमार्फत् विप्रेषण पठाउने र उत्पादन मुलुक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने विषयलाई बजेटले प्राथमिकता दिइएको खतिवडाले बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->