बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बजेट भाषण : सरकारी कर्मचारीको तलब २० प्रतिशत बढ्यो

बजेट भाषण : सरकारी कर्मचारीको तलब २० प्रतिशत बढ्यो

मुख्य सचिवको तलब ६५ हजार र अधिकृतको तलब अब ३५ हजार ९ सय हुने


  • Dhorpatan News
  • जेष्ठ १५ २०७६, बुधबार

पोखरा, १५ जेठ – सरकारले निजामती कर्मचारीको तलब बढाएको छ । आर्थिक वर्ष २०७६–०७७ देखि लागु हुने गरी कर्मचारीको तलब बढेको हो । कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म बढ्ने घोषणा अर्थमन्त्री डा. युवराज खतिवडाले गरेका छन् ।
राजपत्राङ्कित र राजपत्र अनङ्कित कर्मचारीको तलब फरक फरक दरमा बढाइएको हो। राजपत्राङ्कित कर्मचारीको १८ प्रतिशत र राजपत्र अनाङ्कित कर्मचारीको २० प्रतिशत तलब बढेको हो।
वृद्धि भएको तलब प्रतिशतलाई आधार मान्ने हो भने अब मुख्य सचिवको तलब ६५ हजार हुनेछ। त्यस्तै सरकारी अधिकृतको तलब अब ३५ हजार ९ सय हुनेछ। कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७४ हुनेछ। दुई वर्षयता कर्मचारीको तलब बढेको थिएन । बढेको तलब आगामी साउनदेखि लागु हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->