शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री मोदीले लिए सपथ

दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री मोदीले लिए सपथ


  • Dhorpatan News
  • जेष्ठ १७ २०७६, शुक्रबार
Indian President Ram Nath Kovind, left, administers oath to Narendra Modi, right, for a second term as India's prime minister during a swearing in ceremony at the presidential palace in New Delhi, India, Thursday, May 30, 2019. Modi was sworn in Thursday for a second term after an overwhelming election victory for his Hindu nationalist party in a country of 1.3 billion people seeking swift economic change. (AP Photo/Manish Swarup)

नयाँ दिल्ली, १७ जेठ – विश्वकै ठूलो लोकतान्त्रिक मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले बिम्स्टेक सदस्य मुलुकका राष्ट्र÷सरकार प्रमुखलाई साक्षी राख्दै दोश्रो पटक प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवनको फोरकोर्टको खुला मैदानमा भव्य समारोहबीच मोदीले बिहीबार साँझ राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका हुन्। गैर कांग्रेसी प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको शपथ लिने उनी पहिलो भारतीय प्रधानमन्त्री हुन्। शपथसँगै उनको दोस्रो इनिङ शुरु भएको छ। उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। उनले सबैसँग सहकार्य गरेर अघि बढ्ने बताए।
प्रधानमन्त्री ओली र मोदीबीचमा शुभकामनाको क्रममा छोटो कुराकानी भएको थियो। उत्सवका रुपमा आयोजना गरिएको यो समारोहबाटै मोदी क्याबिनेटका सहभागी मन्त्रीलाई पनि शपथ ग्रहण गराएका छन्। प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागीसँगै त्यहा उपस्थित अन्य मन्त्रीगणलाई पनि शुभकामना दिँदै सघन सहकार्यको लागि नेपाल सधै तत्पर रहेको बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->