बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विदेशी नागरिकको सहयोगमा विपन्न विद्यार्थीलाई पुस्तक

विदेशी नागरिकको सहयोगमा विपन्न विद्यार्थीलाई पुस्तक


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २० २०७६, सोमबार

पर्वत,२० जेठ -पर्वतको मोदी गाउँपालिका ६ डिमुवामा रहेको डिमुवा आधारभुत विद्यालयका गरिब तथा विपन्न बालबालिकाहरुलाई विदेशी नागरिकको सहयोगमा पुस्तक तथा स्टेशनरी सामान वितरण गरिएको छ । डिमुवा प्राविमा अध्यायनरत ७० जना विद्यार्थीहरुलाई नेदरल्याण्डका नागरिक जोश वेस्टेननेकको सहयोगमा स्टेशनरी वितरण गरिएको हो ।
अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको सो विद्यालयमा सरकारी पुस्तकहरु निशुल्क वितरण हुने भएपनि अंग्रेजी माध्यमका पुस्तक किन्न अभिभावकहरुलाई समस्या भएकाले निशुल्क वितरण गरिएको हो । पुस्तक लगायतका स्टेशनरी सामान किन्नका लागि विदेशीले सहयोग गरेसँगै अभिभावक तथा विद्यार्थीहरुको हौसला बढेको बताउँछन् ।
नेपाल घुम्न आएका ती विदेशी नागरिकले विद्यालयमा पढ्ने विपन्न बालबालिकाले पुस्तक समेत किन्न नसक्ने अवस्थाका कारण विद्यालय बाहिर बस्नुपर्ने बाध्यता देखेर आफ्नो परिवार र साथीहरुको सहयोगमा करिब ५० हजार रुपीयाँ सहयोग गरेका थिए । सोही रकमबाट विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण गरिएको हो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र जंग लामिछानेले विद्यार्थीहरुलाई पुस्तक, कपी, कलम लगायतका सामाग्रीहरु हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले सामुदायिक विद्यालयमा पुस्तक खरिद गर्न समेत समस्या भएकाले विदेशी नागरिकको सहयोगले भएपनि निशुल्क उपलब्ध गराउन पाउँदा खुशि लागेको बताए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामचन्द्र शर्माले सामुदायिक विद्यालय संचालनमा कठिनाई भएकाले दाता खोजेर चलाउनुपर्ने बाध्यता भएको र सहयोग गर्ने सहयोगीलाई धन्यबाद दिए ।
विद्यार्थी डेविड परियारले आँफूहरुले पुस्तक समेत किनेर पढ्न नसक्ने अवस्थामा विदेशी नागरिक जोशले सहयोग गर्दा हौसला बढेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र जंग लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत यशोदा सापकोटा र संचालन शिक्षक आशिस रामदामले गरेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->