पोखरा,२० जेठ -यामाहा कम्पनीको नयाँ मोडेलको मोटरसाइकल सार्वजनिक भएको छ । यामाहा एफ जेठ एस एफ आई भि थ्री मोडलको मोटरसाइकल नेपालमा पहिलो पटक पोखरामा सार्वजनिक गरेको कम्पनीले जनाएको छ । यामाहा नेपालले आइतवार आयोजना गरेको फिल द थ्रिल रोड सो कार्यक्रममा उक्त मोडेलको मोटरसाइकल सार्वजनिक गरिएको हो । मोटर साइकलको विशेषताको वारेमा जानकारी गराउदै विश्वकर्मा अटो वर्क्स पोखराका म्यानेजिङ डाइरेक्टर सरोज श्रेष्ठले यामाहाका अन्य मोडेलका मोटरसाइकल भन्दा सुरक्षित तथा आकर्षक भएको बताए । ‘यसको प्रमुख विशेषता भनेको अटो ब्रेक सिस्टम छ ,एक सेकेण्ड भित्र ब्रेक लागि सक्छ ,उनले भने ब्रेक लाग्दा लस्कने समस्या यसमा छैन ।’
१ सय ५० सिसिको उक्त मोटरसाइकल ६५ डिग्री भन्दा तल ढल्केमा आफै इन्जिन बन्द हुने हुदा दुर्घटना भएमा आगलागी नहुने उनले जानकारी दिए । उकालो –ओरालोमा इन्जिन अघि पछि हुने ,लस्कने समस्या यो मोटरसाइकलमा नरहेको उनले बताए । अनावश्यक इन्धन नस्ट नहुने पनि उनले जनाए । उक्त मोटरसाइकलको मूल्य ३ लाख ९ हजार ९ सय ९९ रहेको छ ।पोखरामा विश्वकर्मा अटो वर्क्स नयाँ बजारबाट मोटरसाइकल बिक्री हुने कम्पनीले जनाएको छ । रोड सो कार्यक्रममा कलाकार अलमोडा राना उप्रेती र धर्मेन्द्र सेवानले प्रस्तुति दिएका थिए ।





