मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

जातका आधारमा भेदभाव हुनु विडम्बनापूर्ण : मुख्यमन्त्री गुरुङ

जातका आधारमा भेदभाव हुनु विडम्बनापूर्ण : मुख्यमन्त्री गुरुङ

वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारको जातीय छुवाछूतको अन्त्य हुनुपर्नेमा जोड


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २१ २०७६, मंगलबार

पोखरा, २१ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्राप्‍तिको चरणमा आइपुग्दा पनि जातका आधारमा भेदभाव र छुवाछूत हुनु विडम्बनापूर्ण भएको बताएका छन । जातीय भेदभाव तथा छुवाछूत उन्मलन दिवसको अवसरमा मंगलवार शुभकामना जारी गर्दै  मुख्यमन्त्री गुरुङले अहिले पनि समाजमा सामन्तवादको अवशेषका रुपमा जातका आधारमा भेदभाव र छुवाछूत हुनु विडम्बनापूर्ण विषय भएको बताएका हुन् । ।
वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारको जातीय छुवाछूतको अन्त्य हुनुपर्नेमा उनले जोड दिएका छन । गुरुङले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्‍चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संवैधानिक संकल्प रहेको भन्दै उक्त संकल्पलाई व्यवहारमा लागू गरे मात्र समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा हुने विश्वस व्यक्त गरेका छन ।
नेपाल सरकार मन्त्रिपरिषदको २०६३ जेठ १८ गतेको निर्णयबाट जेठ २१ गतेलाई भोलि जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवस घोषणा गरे पश्‍चात नेपालका उत्पीडित दलित समुदायले हरेक वर्ष जेठ २१ लाई जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसका रुपमा मनाउदै आएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->