पोखरा,२३ जेठ – पोखरा ८ शिवालय चोकमा उदम्बरा रेस्टुरेन्ट सञ्चालनमा आएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइराला र पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारीले रेस्टुरेन्टको सयुक्त रुपमा उदघाटन गरेका हुन।
४ युवा व्यवसायीको लगानी रहेको उदम्बरामा पार्किङ सुबिधा, गार्डेनमा रमाउँदै स्वादिस्ट परिकार पारिवारिक वातावरणमा उपलब्ध रहेको सञ्चालकमध्येका एक चेतबहादुर (चेतन) कार्कीले बताए । रेस्टुरेन्टमा संघ, संस्थाको बैठकका लागि हल उपलब्ध भएको उनले बताए । पोखराको मुख्य बजार नजिकै रहेको र ग्राहकमैत्री सेवा र सुलभ खानाका परिकार उपलब्ध गराउने सञ्चालक कार्कीले बताए।





