शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

१० महिनामा २ करोड ३४ लाख राजस्व संकलन

१० महिनामा २ करोड ३४ लाख राजस्व संकलन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २३ २०७६, बिहिबार

बागलुङ,२३ जेठ – बागलुङ नगरपालिकाले चालू आर्थिक वर्षको १० महिनामा २ करोड ३४ लाख ८३ हजार २ सय ३८ रुपैयाँ राजस्व संकलन गरेको छ ।नगरपालिकाले चालू आ.व. २०७५÷०७६ मा रु. ४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । नगरप्रमुख जनकराज पौडेलले लक्ष्य अनुरुपको राजस्व संकलन नभएको बताए ।राजस्व संकलन गर्न अझै २ महिना बाँकी रहेको र उक्त दुई महिनामा धेरै राजस्व संकलन हुन सक्ने उनको भनाई छ ।
नगरपालिकाले श्रावण महिनामा १८ लाख १० हजार २ सय ६८ रुपैयाँ, भाद्र महिनामा १३ लाख २७ हजार १ सय ५९ रुपैयाँ, आश्विन महिनामा ३२ लाख २ हजार ८ सय १८ रुपैयाँ, कार्तिक महिनामा १९ लाख ४६ हजार ९ सय ५९ रुपैयाँ, मंसिर महिनामा २७ लाख ५० हजार १ सय २९ रुपैयाँ संकलन भएको छ ।
यस्तै पौष महिनामा २९ लाख ६७ हजार ६ सय ८० रुपैयाँ, माघ महिनामा ३० लाख ६७ हजार ६ सय ६ रुपैयाँ, फागुन महिनामा १७ लाख ९ हजार २ सय ३४ रुपैयाँ, चैत्र महिनामा २० लाख ७६ हजार ८ सय ६१ रुपैयाँ, बैशाख महिनामा २६ लाख २४ हजार ५ सय २० रुपैयाँ राजस्व संकलन भएको नगरपालिको जनाएको छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->