मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

व्रेन ट्युमर पीडित जगदिश पौडेललाई उपचारमा समस्या, पर्वत सेवा समाजले ग¥यो आर्थिक सहयोग

व्रेन ट्युमर पीडित जगदिश पौडेललाई उपचारमा समस्या, पर्वत सेवा समाजले ग¥यो आर्थिक सहयोग


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०७६, शनिबार

पर्वत,२५ जेठ -पर्वतको फलेवास नगरपालिका ७ लिमिठानाका वे्रन ट्युमर पीडित जगदिश पौडेल लाई पर्वत समाज जापानले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा पौडेलको उपचारमा समस्या भएको र सहयोगको अपिल गरिएको वेला पर्वत सेवा समाज जापानले ८० हजार ३ सय ६० रुपैँया सहयोग गरेको हो । लिमिठानामा घर भई हाल जापानमा रहेका अनिल पन्तको संयोजनमा पर्वत समाज जापानले आर्थिक सहयोग गरेको हो । उक्त रकम पीडितका दाजु रमाकान्त पौडेल लाई आई एम.ई मार्फत उपलव्ध गराएको स्थानिय अशोक पौडेलले जानकारी दिएका छन् । पीडितको दयनिय अवस्था देख्दा निकै भावुक वनाएको र थोरै भएपनी दुखको घाउमा मल्हम होस भनेर सक्दो सहयोग गरेको अनिल पन्तले वताए । रकम वुझेपछी पीडितका दाई रमाकान्त पौडेलले आपतको वेला सहयोग गर्ने पर्वत समाज जापान लगायत अनिल पन्त र अन्य सहयोगी मनहरु लाई धन्यवाद व्यक्त गरे । पीडित पौडेल अहिले काठमाण्ठौको अन्नपुर्ण न्युरो अस्पतालको ३०९ नम्वर वेडमा जीवन र मृत्युसंग लडिरहेका छन् । उनको उपचारमा अहिले सम्म ४ लाख भन्दा वढि खर्च भएको र अझै ५ लाख भन्दा वढि लाग्ने अस्पताल स्रोतले वताएको पीडितका दाजु पौडेलले जानकारी दिएका छन् । खेती किसानी गरेर गुजारा चलाउँदै आएका पौडेल परिवारमा अनयासै यती ठुलो वज्रपात परेको हो । आफन्तीहरु र साथीभाईले सहयोग गरेको र छिमेकीकोमा जोडजाड पारेको पैसा सकिएकोले उपचारमा आर्थिक अभाव भएकोले सक्दो सहयोग गरिदिन पीडितकी श्रीमती विन्दु पौडेलले आग्रह गरेकी छन् । सहयोग गर्न इच्छुकले पीडितका दाजु रमाकान्त पौडेलको मोवाईल नम्वर ९८४७६४५६९४ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेका छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->