बागलुङ,२६ जेठ -बागलुङ नगरपालिका–१० भकुण्डेमा आईतवार बिहान एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । बागलुङ नगरपालिका–१० भकुण्डेका ६५ बर्षीय शशीराम सार्की मृत फेला परेका हुन् । शनीवार बिहान खुपार्नी बोकेर सरमुकाम बागलुङ बजार जान्छु भन्दै हिँडेका सार्की आईतवार बिहान ६ बजे मृत अवस्थामा भेटीएको परिवारले जनाएको छ । शनिवार साँझ सम्मपनी उनि घर नफर्किए पछि परिवारले खोजी थालेको थियो । खोजीगर्ने क्रममा आईतवार बिहान भकुण्डेको रिठेकुना भन्ने स्थानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सडकमा कुना तर्फ ढलेको अवस्थामा उनको शव फेला परेको प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराईले जानकारी दिए । प्रहरीले सार्कीको शव पोष्टमार्टमका लागि धौलागिरी अञ्चल अस्पताल पठाएको छ । घटनाको बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





