मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

चापाकोट बचतको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन

चापाकोट बचतको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २८ २०७६, मंगलबार

पोखरा,२८ जेठ – पोखराको डिहोगोपाटन स्थित चापाकोट बचत तथा ऋण सहकारी संस्थाको लिमिटेडको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । उक्त संस्थाले आफ्नो छैठौ वार्षिक उत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको थियो ।
पोखरा महानगरपालिका वडा नं ६ का वडाअध्यक्ष जगतबहादुर पहारीले पहिलो रक्तदाता राजन सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उद्घाटन गरे । “रक्तदान जिवनदान जिवनदान महादान” नारा दिदै आयोजित उक्त कार्यक्रमको समापन शिवलाल पराजुलीको अध्यक्षतामा भएको थियो । रक्तसञ्चार केन्द्र रामघाट पोखराको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->