बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

प्रदेश ५ सरकारको बजेट ३६ अर्ब ४४ करोड (पूर्ण पाठसहित)

प्रदेश ५ सरकारको बजेट ३६ अर्ब ४४ करोड (पूर्ण पाठसहित)

आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले वजेट प्रस्तुत गरेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • असार १ २०७६, आइतबार

बुटवल, १ असार – कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा वैठकमा ३६ अर्ब ४४ करोड ६८ लाख रुपैयांको वजेट प्रस्तुत गरेका हुन् । गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको वजेट थियो । बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई रकम विनियोजन भएको छ ।
प्रदेश सरकारले करिब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख रुपैयाँ आउनेछ । बजेटमा संसद विकास कोष समावेश गरिएको छैन । तर सांसदहरुसँग माग गरेका शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका ६ वटा योजनालाई समावेश गरेर हरेक सांसदले ६० लाख बराबरका योजना पाउने गरी बजेट बनाइएको छ । गत वर्ष ५० लाख रुपैयाँका सडक योजना दिइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->